काभ्रे । वागमती प्रदेश सांसद लक्ष्मण लम्सालले विगतमा ने.क.पा भित्र जन्मीएका राजा महाराजाहरुलाई फाल्नको लागी पार्टी विभाजन भएको वताउनु भयो ।
नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) पाँचखाल नगरले आयोजना गरेको नगर स्तरीय भेला तथा प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै सांसद लम्सालले उक्त धारणा राख्नुभएको हो ।
कार्यक्रममा सांसद लम्सालले भन्नुभयो—के.पी ओलीको प्रमुख कार्य कम्युनिष्टहरुलाई धुजा धुजा पार्दै भ्रष्टहरुलाई साथ लिएर अगाडी बढ्ने कुचेष्टा गरेकोले लोकतन्त्र साथै संविधानको संरक्षणको लागि बाध्य भएर पार्टी बिभाजन गरेका हौं । आगामी बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचन भ्रष्टहरुको विपक्षमा लोकतन्त्र तथा संविधानको रक्षाको हुने भएकोले गठबन्धनको पक्षमा उभिएर अगाडी बढ्ने ठोकुवा गर्नुभयो ।
विकास निर्माणको नाममा झुटको खेती गर्दै साडे तीन बर्ष सम्म सत्तामा रहेर शहरी विकास मन्त्रिको समेत जिम्मेवारी सम्हालेकाले पाँचखाल र आसपासको स्थानमा विकासको लागि कुनै माखो नमारेको बताउनु भयो । ठगबन्धन सरकारको नेतृत्व गरेको ४ महिना नवित्दै हाम्रो अनुरोधलाई स्विकार्दै शहरी विकास मन्त्री रामकुमारी झाक्रीको पहलमा पाँचखालको विकासको लागि ५० करोड बजेट व्यवस्था भएको वताउनु भयो । ५० करोड त सुरुवाती हो पाँचखालको बिकासको लागि साडे दुई अर्व बजेट व्यवस्था हुदैछ ।
कार्यक्रममा संविधान सभा सदस्य विदुर सापकोटाले भन्नुभयो—केही समय अगाडी के.पी ओली कसैलाई जानकारी नै नदिई पाँचखाल आएका रहेछन्, केपी ओली सुटुक्क पाँचखाल भन्ने समाचार आएपछि मलाई लाग्यो पाँचखालका कृषकहरुको समस्या बुझ्न गएका होलान । “तर कुरो अर्कै रहेछ—उनीत नक्कली फर्म सञ्चालन गर्दै आएका भ्रष्टसंग साँठगाठ गर्न पो आएका रहेछन् ।”पाँचखाल नगरपालिका वडा नं ११ मा रहेको फामग्रोमा पुगेर साँठगाठ गरेर फर्केको पाईयो । उनको काम भनेकै तस्कर, भ्रष्ट साथै काला व्यापारीसंग सांठगाठ गर्ने हो, उनले सोही कार्यलाई निरन्तरता दिदै अगाडी बढेका छन् सापकोटाले थप्नुभयो ।
प्रतिक्रिया दिनुहोस