काभ्रेपलाञ्चोक जिल्ला अन्तर्गत साविक नमोबुद्ध गा.वि.स. हाल नमोबुद्द नगरपालिकामा पर्ने हिरण्य गिरि पर्वतको शिखरमा ‘नमोबुद्ध’ थान रहेको छ । यो एउटा बौद्ध-तीर्थ’ हो । यस बौद्धतीर्थको स्थापना बारेमा एउटा किंवदन्ती रहेको छ। जसअनुसार द्वापर युगमा राजा भगीरथका महासत्तोसमेतका तीन छोरा (राजकुमार) हरू घुम्न भनी यहाँको हिरण्यगिरि’ पर्वतमा आइपुगेका रहेछन् ।
उनीहरूले धेरै दिनदेखि खान नपाएर भोकै रहेको एउटा पोथी। बाघ र उसका सातवटा डमरु (बच्चा) हरुलाई समेत देखेछन् । भोकले मरणासन्न अवस्थामा पुगेकी बघिनी र उसका भोका बच्चाहरूले निकै दिनदेखि मांसाहार गर्न नपाएका भन्ने राजकुमारहरूले थाहा पाए । यस्तो अवस्था देखेपछि महासत्तोको आत्मा पग्लिएर आएछ। यसपछि महासत्तोले आफ्ना दाजुहरूका अगाडि म एकछिन कतै घुम्न जान्छु भन्ने बहाना बनाई उक्त बघिनीको अगाडि गई आफूलाई उसको आहारा बनाएछन्। यसरी राजकुमारले आफ्नो जीवनदान दिएपछि उनको यसै हिरण्यगिरि शिखरमा रहेको अवशेष अस्तुलाई ‘नमोबुद्ध’ मानी पूजा गर्न थालिएको हो भन्ने बुझिन्छ । स्थानीय पुजारीका अनुसार हाल त्यहाँ रहेको सुवर्ण चैत्यमा महासत्तोको अस्तु गाडिएको छ ।
पहिले यस स्थानमा साधारण खालको एक चैत्य रहेकोमा पछि आएर करिब तीन सयवर्ष अगाडि हिवेताञ्जेन धारै नाम गरेका एक अवतारी लामाले यो चैत्यलाई विस्तारित गरी पूजा-आजामा व्यापकता ल्याएका हुन् भन्ने स्थानीय लामाहरूको भनाइ रहेको छ ।
करिब डेढ रोपनी जग्गा ओगटेको यस स्थानको बीचमा रहेको चुना सुर्की इंटबाट बनेको चैत्य पूर्व फकिएको छ । चैत्यको गजुर स्वर्णमण्डित पित्तलको छ र यस मन्दिरको उचाइ करिव २८ फीट रहेको छ । चैत्यको पर्वी खोपामा फलामे सिक्रीको पित्तलले बनेको ढोकाभित्र शिलाका मूर्तिहरू छन् । चैत्य अगाडि वि.सं. १९२० मा चढाइएको ठूलो घण्ट रहेको छ ।
चैत्यको पूर्वतर्फ स-साना तीन स्तूप, दक्षिणतर्फ ४ स्तूप र उत्तरतर्फ २ स्तुप छन् । चैत्य परिसरभित्र लामा भाषामा भन्याङ्ग छुक४६८ नेपालका प्रमुख तीर्थस्थलहरू छोत्तेन भनिने साना ४ स्तूप पनि छन् । चैत्यको वरिपरि बत्ती बाल्ने पाला (दियो) हरू राखिएका छन् र १०८ माने पनि रहेका देखिन्छन् ।
यस स्तूपमा प्रत्येक बुधबारका दिन विशेष पूजा हुन्छ, अरू दिन सधैँ नित्य पूजा हुनुका अतिरिक्त नमोबुद्धले बुधबारका दिन जीवनदान दिएकोले यस दिन विशेष पूजा हुने गरेको हो । प्रत्येक वर्ष कार्तिक पूर्णिमालाई वार्षिक दिवस मानिने गरेको हुँदा यहाँ यस दिन ठूलो जात्रा लाग्ने गर्छ । यस अवसरमा बुद्धधर्ममा विश्वास गर्ने श्रद्धालुहरू टाढा टाढाबाट दर्शन गर्न आउने गर्छन् । यसै दिन प्रत्येक बाह्र वर्षमा लाग्ने मेला पनि लाग्छ । साथै जनै पूर्णिमा र वैशाख पूर्णिमामा पनि मेला लाग्ने गर्छ र विशेष पूजा गरिन्छ ।
यस धार्मिक संस्थाको संचालनका लागि अलिकति जग्गा गुठीको रूपमा रहेको छ । यसको आयस्ताले पूजाको काम हुने गर्छ । यस चैत्यमा सोनाम ग्याल्पो लामा र पुजारीका अतिरिक्त घाचा १७ जना र भिक्षु ५ जना बस्ने गर्छन् । चैत्यको पूर्व-दक्षिण भागमा एउटा बौद्धगुम्बा पनि छ । गुम्बाको भित्तामा चित्रकलाकृतिहरू छन् । गुम्बाभित्र डेढ फीट जति अग्लो स्वर्णमण्डित धातुको बुद्धमूर्ति छ ।
गुम्बाको अगाडि एक छेउमा धर्मशख र अन्य साना नौवटा मूर्तिहरू पनि छन् । मूर्तिका बायाँतर्फ पद्मसम्भव महागुरु र दायांतर्फ लोकीसोरा अमिताभका ५ फीट अग्ला माटाको पद्मासनमा रहेका धातुका मूर्तिहरू छन् । यी बुद्धमूर्तिलाई कपडाको छहारी दिई चारथामको मण्डलले शोभायमान बनाइएको छ । यिनै मूर्तिका दाया बायाँ घूम भन्ने ठूला बौद्धधर्म सम्बन्धी पुस्तकहरू राखिएका छन् । यसका अतिरिक्त गुम्बाभित्र दुईसय जति बाल्ने दियोहरू, पूजाआजा गर्दा बजाउने घ्यालिङ्ग, घण्ट, रोल्मो, द्या, बुचेल आदि पनि राखिएका देखिन्छन् ।
यसरी यहाँ लामो ऐतिहासिक पृष्ठभूमि भएको यो एक बौद्धतीर्थ रहेको छ । नेपाल अधिराज्यका उत्तरी क्षेत्रमा ठाउँठाउँमा असङ्ख्य बौद्ध चैत्य र गुम्बाहरू छन् । बौद्धधर्म दर्शनमा यिनको अर्थात चैत्य र गुम्बाहरूको ठूलो महत्त्व रहेको हुन्छ ।
प्रतिक्रिया दिनुहोस