२०८१ मंसिर ११, मंगलबार | Tue, 26, Nov, 2024

निष्पक्ष ढंगबाट निर्वाचन सम्पन्न गर्ने आधार नै आचार संहिता हो—निर्वाचन अधिकृत


३१५१ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७९ बैशाख ९, शुक्रबार मा प्रकाशित २ साल अघि
  • काभ्रे, पाँचखाल । पाँचखाल नगरपालिकामा निर्वाचन अधिकृतको रुपमा आउनु भएका जीवन प्रसाद दुलालले निर्वाचनलाई सहज साथै निष्पक्ष ढंगबाट सम्पन्न गर्ने पहिलो आधारनै निर्वाचन आचार संहिता भएको बताउनु भयो ।

    पाँचखालमा निर्वाचन कार्यालय उद्घाटन गर्दै निर्वाचन अधिकृत दुलालले भन्नुभयो—पाँचखालमा हुने निर्वाचन सभ्य ढंगबाट सम्पन्न सम्पन्न गराउनको लागि दलहरु साथै नगरमा रहेका कर्मचारीहरुले साथ दिनु पर्ने बताउनु भयो । दलहरुले निर्वाचनको कार्यालयमा नियमित रुपमा संम्पर्क गरी निर्वाचन सम्बन्धि कार्यबिधिहरुको जानकारी राखि राख्न अनुरोध गर्नुभयो ।

    कार्यालय उद्घाटन कार्यक्रममा नेपाली कांगे्रस पाँचखाल नगरका सभापति संजय तामाङ, नेकपा माओवादी (केन्द्र) का अध्यक्ष मणिराज गौतम,नेकपा (एकिकृत समाजबादी) का पाँचखाल अध्यक्ष रविन्द्र सिपखान,राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रतीनिधि अरुण नेपाल लगाएतका दलिए प्रतीनिधिहरुले निर्वाचन सहज ढंगबाट सम्पन्न गराउन सहयोग गर्ने वताउनु भयो ।
    कार्यक्रम संञ्चालन गर्दै सहाएक निर्वाचन अधिकृत उदय प्रसाद कोईरालाले बैशाख ३० मा हुने पाँचखाल नगरको निर्वाचन नमुना ढंगबाट सम्पन्न गराउने बिषयमा दलियप्रतीनिधिहरु, नगरका कर्मचारीहरु साथै नगरवासीहरुको साथ सहयोग हुनेमा कुनै दुबिधा नरहेको बताउनु भयो ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु