काभ्रे । पाँचखाल नगरपालिका वडा नं ५ का वडा अध्यक्षका दावेदार अमृत लुईटेल लगाएत पुरै टोल कमीटी सहित १०० जना भन्दा बढीले राप्रपामा प्रवेश गर्नुभएको छ ।
एमाले जिल्ला नेता ,नगरकमीटि नेता लगाएतले ब्यक्ति विशेष राजनीति र भुगोल विशेष राजनीति गरेको र पार्टीमा एउटै ब्यक्ति लाई पटक पटक अवसर दिएर अन्य पार्टी सदस्यको राजनीति समाप्त गर्न खोजेकोले राजनीति शुद्धीकरणको लागि बैकल्पिक राजनीति रोजेको संयोजक अमृत लुईटेलले बताए ।
पार्टी परिवर्तन गरे र नयाँ पार्टीमा प्रबेस गरेसंगै राप्रपाले वडा नं. ५ को सर्बसम्मत ढंगबाट वडा अध्यक्षको उम्मेदवार अमृत लुइँटेल लाई तोकेको छ । यो सगै एमालेमा बिद्रोह र पहिरो जान शुरु भएको छ भने नेतृत्व नसुध्रिएको अबस्थामा एमाले छाड्ने र हराउने अभियानमा एमाले भित्र थप बिद्रोह हुने जानकारी प्राप्त भएको छ ।
प्रतिक्रिया दिनुहोस