२०८१ मंसिर ११, मंगलबार | Tue, 26, Nov, 2024

समानुपातिक सूचीमा रहेकोले वडाध्यक्षको उम्मेदवारी खारेज


२३०० पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७९ बैशाख १४, बुधबार मा प्रकाशित २ साल अघि
  • रञ्जन यादव
    बारा, १४ बैशाख । जीतपुरसिमरा उपमहानगरपालिकाको वडा अध्यक्षकोलागि उम्मेदवारी दर्ता गराएका एमालेको एक उम्मेदवारको उम्मेदवारी खारेज भएको छ। उपमहानगरको वडा नं. ९ मा नेकपा एमालेबाट वडाध्यक्ष पदका लागि उम्मेद्वारी दर्ता गराएका भुदेव चौधरीको मनोनयन दर्ता खारेज भएको हो।

    चौधरीको नाम समानुपातिक सूचीमा रहेको र त्यसबाट नाम नहटाइएकोले दोहोरो उम्मेद्वारी दिन नमिल्ने भएकाले मनोनयन खारेज भएको हो।

    जीतपुरसिमरा उपमहानगरपालिकाका मुख्य निर्वाचन अधिकृत टिकामणि न्यौपानेका अनुसार उहाँको नाम निर्वाचन आयोगको सिस्टमले लिँदै नलिएर रिजेक्ट गरेपछि चौधरीको नाम खारेज गर्नुपरेको हो। बाराका भुदेव चौधरीको नाम समानुपातिक सूचीको ६९ औँ क्रमसंख्यामा रहेको बताइएको छ।

    यता नेकपा एमालेका नगरअध्यक्ष एवं उपमेयरका उम्मेदवार भोला अधिकारीले पनि पार्टीले पठाएको नामावली सूचीमा सबै ठिक रहेको तर निर्वाचन आयोगको अभिलेखमा नाम रहेको हुनाले प्राविधिक त्रुटिका कारण त्यसो भएको बताउनुभयो।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु