काभ्रेपलाञ्चोक। पाँचखाल नगरपालिका वडा नं ७ मा रहेको नारायणस्थान आधारभुत विद्यालयमा रहेको मतदान केन्द्र नमुना ढंगको रहेको छ ।
बर्षातको मौसम भएकोले मतदान गर्न समस्या नरहोस भनि स्थानियहरुले मतदान केन्द्रमा टेन्टको व्यवस्था मिलाएको छ । पानी पर्दा पनि मतदान कार्यमा कुनै समस्या नरहोस भन्ने उद्देस्यले टेन्टको व्यवस्थाको साथै मतदाताहरुको हात चिसो हुंदा मतपत्र भिज्नबाट जोगाउनको लागि हात पुछ्ने तौलियाहरुको समेत व्यवस्था मिलाएको थियो ।
मतदान केन्द्रमा कुनै भिडभाग हुन नदिनको लागि केन्द्रको गेटबाट २० जनाको संख्यामा मात्रै भित्र प्रवेशको व्यवस्था मिलाइएको थियो । वडा अध्यक्षको उम्मेदवारहरु समेत केन्द्र भित्र नगई केन्द्रको गेटमा एउटै वेञ्चमा बसेर मतदाताहरुको नामावली हेर्ने कार्यमा सघाईरहेको दृस्य थप नमुना ढंगको रहेको थियो ।
सरकारले केन्द्रको थप व्यवस्थाको लागि खास्र पहल नगरेको अवस्थामा स्थानियहरुले केन्द्र सुरक्षाको लागि गरेको कार्य मार्ग निर्देशनको रुपमा सावित भएको पाईयो । केन्द्रमा प्रवेश गर्दै गर्दा स्वास्थ्य सुरक्षाको दृष्टिकोणले सेनिटाईजर, मास्कको व्यवस्थाले मतदाताहरु थप हर्सित भएका थिए ।
प्रतिक्रिया दिनुहोस