काभ्रेपलाञ्चोक । पाँचखाल नगरपालिकामा रहेको १३ वडा मध्यकै नेपाली काँग्रेसको राम्रो संगठन भएको वडामा काँगे्रसले आफ्नो विराशत कायमै राखेको छ ।
नेपाली काँग्रेसस पाँचखाल नगरका नगर सभापति एवं पाँचखाल नगरपालिकाका नि—वर्तमान प्रवक्ता शंजय तामाङ पाँचखाल नगरपालिका वडा नं ८ को वडा अध्यक्षमा निर्वाचित भएसंगै उहाँले वडा अध्यक्षको जिम्मेवारी दोहोर्याउनु भएको छ ।
०७४ सालमा सम्पन्न स्थानिय तहको निर्वाचनमा नगरमा निर्वाचित जनप्रतीनिधिहरु मध्यकै सवैभन्दा धेरै मतान्तरमा निर्वाचित हुनुभएका शंजयले यसपटकको निर्वाचनमा पनि भारीमतको अन्तरमा वडाका पुर्ण टिम सहित निर्वाचित हुनुभएको छ ।
सालिन एवं भद्र स्वभावका शंजयले अहोरात्र नगरवासिका हितको खातिर कार्य गर्दै अगाडी बढ्दै गएकोले नगरवासिहरुको मन मस्तिस्कमा राम्रै छाप परेको छ । आफ्नो व्यक्तिगत जिवनलाई कुनै पर्वाह नगरी जनताकै सेवामा रुची राख्ने उहाँले बिभिन्न एनजिओ आईएनजिओहरुसंग समन्वय गर्दै धेरै विकास निर्माणको कार्य गर्न सफल हुनुभएको छ । उज्यालो नेपाल नामक गैह्रसहकारी संस्थाको उपाध्यक्ष समेत रहनुभएका उहाँले नगरवासिहरुको हितको खातिर स्वास्थ्य क्षेत्र, शैक्षिक क्षेत्र, खानेपानी लगाएको लागि बिकास निर्माण गर्न सफल हुनुभएको छ ।
निर्वाचित शंजय तामाङले आफ्ना प्रतिस्पर्धि नेकपा एमाले तर्फका उम्मेदवार दिनेश लुङ्वालाई ९४१ मतले पछी पार्दै निर्वाचित हुनु भएको छ । निर्वाचित शंजयले ११५८ मत प्राप्त गर्नुभएको थियो भने उहाँका प्रतिस्पर्धी लुङ्वाले २१७ प्राप्त गर्नुभएको थियो ।
त्यसैगरी निर्वाचित महिला सदस्यहरुमा महिला सदस्य सरस्वती फैजुले ११०१ मत प्राप्त, दलित महिला सदस्य मैयाँ वि.क ले १११९ मत प्राप्त, खुल्ला सदस्य कुमार प्रसाद ढुंगाना ११२६ मत प्राप्त र खुल्ला सदस्य मनोज थापाले १०५८ मत प्राप्त गरी निर्वाचित हुनुभएको थियो ।
प्रतिक्रिया दिनुहोस