२०८१ मंसिर ११, मंगलबार | Tue, 26, Nov, 2024

पाँचखाल ९ का जनताले चाहे परिवर्तन, एमालेका रामकाजी श्रेष्ठले मारे बाजी


२३९३ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७९ जेष्ठ ८, आईतबार मा प्रकाशित २ साल अघि
  • काभ्रेपलाञ्चोक । पाँचखाल नगरपालिका वडा नं ९ का जनताले वडाको नेतृत्वमा परिवर्तन चाहेका छन् । ०७४ को निर्वाचनमा नेपाली काँग्रेसलाई वडा अध्यक्षको जिम्मेवारी दिएकोमा हाल आएर नेकपा एमालेलाई वडाको जिम्मेवारी दिएका छन् ।

    लामो समएदेखी नेकपा एमालेमा रहेर पार्टीको काम गर्दै आउनु भएका रामकाजी श्रेष्ठले वडा नं ९ को वडा अध्यक्षमा निर्वाचित हुनुभएको छ । पलाञ्चोक भगवति मन्दिर नजिकै व्यवसाय चलाउंदै आउनु भएका निर्वाचित श्रेष्ठ र उहाँका प्रतिस्पर्धी एवं नि—बर्तमान वडा अध्यक्ष किरण श्रेष्ठ एउटै टोलको हुनुहुन्छ ।

    नेकपा एमाले पाँचखाल नगरकमिटि वडा नं ९ को अध्यक्ष समेतको जिम्मेवारी निर्वाह गर्दै आउनु भएका निर्वाचित श्रेष्ठ ०७४ को स्थानिय तहको निर्वाचनमा वडा सदस्यमा निर्वाचित हुनुभएको थियो ।

    निर्वाचित श्रेष्ठले आफ्ना प्रतिस्पर्धि नेपाली काँग्रेस तर्फका उम्मेदवार किरण श्रेष्ठलाई १८६ मतान्तरमा पराजय गराउंदै रामकाजीको टिमनै निर्वाचित हुनुभएको हो । निर्वाचित रामकाजीले १०११ मत प्राप्त गर्नुभएको थियो भने उहाँका प्रतिस्पर्धी किरणले ८२५ मत प्राप्त गर्नुभएको थियो ।

    त्यसैगरी निर्वाचित महिला सदस्यहरुमा महिला सदस्य शान्ती लामाले ९८५ मत प्राप्त, दलित महिला सदस्य विमला रम्तेलले १००१ मत प्राप्त, खुल्ला सदस्य बाशुदेव खड्का ९४९ मत प्राप्त र खुल्ला सदस्य बुद्धीलाल श्रेष्ठले ९३७ मत प्राप्त गरी निर्वाचित हुनुभएको थियो ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु