२०८१ मंसिर ११, मंगलबार | Tue, 26, Nov, 2024

बनेपाका जनप्रतिनिधिद्वारा सपथ ग्रहण बहिष्कार


२१३७ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७९ जेष्ठ ८, आईतबार मा प्रकाशित २ साल अघि
  • काभ्रे : जिल्लाको बनेपा नगरपालिकामा  नवनिर्वाचित जनप्रतिनिधिहरुको लागि आयोजना गरिएको सपथ ग्रहण कार्यक्रम नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुले  बहिष्कार गरेका छन् ।

    नेकपा एमालेबाट निर्वाचित उप–प्रमुख सहित बहुमत जनप्रतिनिधिले सपथ ग्रहण बहिष्कार गरेका हुन् । नगरपालिकाको ‘ठूलो दल’को रुपमा आफूहरुसँग सल्लाह नै नगरी सपथ ग्रहण कार्यक्रमको आयोजना गरिएकाले उक्त कार्यक्रमको बहिष्कार गरिएको नेकपा एमालेबाट नवनिर्वाचित बनेपा नगर उप–प्रमुख बिमला सापकोटा दाहालले जानकारी दिइन् ।

    स्थानीय तहको निर्वाचन २०७९ मा नगरप्रमुखमा कांग्रेसबाट निर्वाचित शान्ति रत्न शाक्य, नेपाली काँग्रेस र नेकपा एकीकृत समाजवादीबाट निर्वाचित जनप्रतिनिधिले मुख्य निर्वाचन अधिकृत मोहनराज भट्टराईसँग सपथ लिइसकेका छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु