२०८१ मंसिर ७, शुक्रबार | Fri, 22, Nov, 2024

पाँचखाल नगरमा सपथ ग्रहण कार्यक्रम सम्पन्न , कार्यकक्षको विवादले उपप्रमुखको पदभार हुन सकेन (भिडियो सहीत )


५३३६ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७९ जेष्ठ १२, बिहिबार मा प्रकाशित २ साल अघि
  • काभ्रेपलाञ्चोक । पाँचखाल नगरको जनप्रतीनिधिहरुलाई नगर प्रमुख महेश खरेलले आज (विहिबार) एक कार्यक्रमका विचमा सपथ ग्रहण गराईएको छ ।

     

    दलिए प्रतीनिधिहरु समेतको उपस्थितिमा भएको उक्त कार्यक्रममा नि—वर्तमान पाँचखाल नगर उपमेयर लक्ष्मी दनुवारलाई मायाँको चिनो प्रदान गरी सम्मान सहित विदाई गरिएको छ ।

    सपथ ग्रहण कार्यक्रममा मन्तव्य दिने क्रममा नेकपा एमालेबाट निर्वाचित उपप्रमुख र सुर्यमायाँ दनुवर र नगरप्रमुख महेस खरेलको जुहारी जस्तो आभास हुंदा निर्वाचित प्रतीनिधिहरुमा केही नैरास्यता छाएको थियो ।

    नगर प्रमुख महेश खरेलको अघिल्लो कार्यकालमा जनप्रतीनिधिहरु बिच कुनैपनि बिवाद नभई सौहादै ढंगबाट कार्यकाल सकिएको थियो तर दोस्रो कार्यकालको पहिलो सुरुमै मनमोटाव हुनुले नगरको बिकासमा बाधा पुग्ने आशंका नगरवासिको रहेको छ ।

    मन्तव्यको क्रममा दोहोरी जस्तो देखिएपछि माहोल केही असहज हुदै गरेको अवस्थामा उपप्रमुखको पदभारको लागि नगरपालिका कार्यालयमै प्रवेश गरी उपप्रमुख आफ्नो कार्यालय तर्फ जाँदै गर्दा उपमेयरका समर्थकहरुले भर्याङमै रोकेर नयाँ कार्यकक्षमा नजान अनुरोध गरेपछि विवाद सुरुभएको थियो ।

    नि—बर्तमान उपप्रमुख बस्दै काएको कार्यकक्षलाई परिवर्तन गरी उपप्रमुख सुर्यमायाँलाई नयाँ कार्यकक्षको व्यवस्थापन गरेको थियो । सो कार्यकक्षको बिषयमा विवदा भई पुरानै कार्यकक्षमा पदभार ग्रहण गर्ने अडान भएपछि आज (विहिबार) पदभार हुन सकेन ।

    पदभार हुन नसकेको बिषयलाई लिएर नेकपा एमालेले पाँचखाल नगरकमिटिका अधयक्ष विष्णुहरी पौडलद्वारा हस्ताक्षरित विज्ञप्ति जारी गर्दै भनेको छ—नि—बर्तमान उपप्रमुखले प्रयोग गर्दै आएको कार्यकक्षमा नै पदभार ग्रहण गर्दा नजसंम्पर्कको लागि उपयुक्त स्थान हुने भएकोले सहजै जनसम्पर्क हुन नसक्ने कार्यकक्ष खडा गरी पुरानो कार्यकक्षमा पदभार ग्रहण नगराएकोमा खेद प्रकट गदैछौं, उल्लेख भएको छ ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार