२०८१ मंसिर ७, शुक्रबार | Fri, 22, Nov, 2024

ड्रोनबाट विषादी प्रयोग उचित छैन पाँचखालमा


१०६३८ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७९ जेष्ठ १४, शनिबार मा प्रकाशित २ साल अघि
  • आइ.आर.के.मैनाली
    काभ्रेपलाञ्चोक । शुक्रबार ११ बजे पाँचखालको आकासमा ड्रोन उड्दैछ भन्ने ठुलै हल्ला चल्यो । नगरवासिहरु हतार हतारमा ड्रोनले गर्ने कार्यहरु नियाल्न पाँचखाल वडा नं ४,३ र ६ को संगम स्थलतर्फ हानिए । अन्तत १ बजेतिर झुल्कियो ड्रोन ।

    भरखर मात्रै सकिएको स्थानिय तहको निर्वाचनबाट निर्वाचित जनप्रतीधिको लावा लस्कर सहित “मुक्ती कृषि कम्पनीले” ल्याएको ड्रोनले के कस्तो सुबिधा दिने रहेछ भनि बुझ्न आतुर भएका नगरवासिहरुले नियाली रहे ।

    १६ लिटर बिषाधिको घुलन झोल राख्ने क्षमताको ट्याङ्कीमा निम जन्य जैविक बिषादीको घुलयुक्त झोल तयार गरेर आकासमा उडाउने तयारी गरीयो । सो बिषादी लाई सवै पक्षले औषधि भनेर व्यापक हल्ला पिटाईयो । सामाजिक सञ्जाल मात्रै नभएर सञ्चार माध्यममा पनि पाँचखालमा ड्रोनवाट औषधि छरियो भन्ने शंदेस हावा सरी फैलियो । आम पाठकको चासोको बिषय बन्यो पाँचखालमा कुन रोगका विरुद्ध औषधि छरीयो भनेर ।

    हल्ला फैलंदै गर्दा पाँचखालमा औलो वा मेनिन्जाईटिस विरुद्ध औषधी छरेको होला भन्ने भो आखिर अन्तत बिषादी पो रहेछ । “कुषि नगरीका” कृषकहरुको हितको लागि ड्रोन आयो भन्ने हल्लाले राम्रै स्पेस पायो । तर कती प्रभावकारी ? ति गरिविका रेखामुनि रहेका कृषकहरुका लागि ड्रोन कति संभव ? भन्ने चर्चा नचलेको हैन ।

    पाँचखालका कृषकले गर्ने खेती (ताजा तरकारी, दलहन, तेलहन, फलफुल, लहरे वाली) लगाएतको खेतिमा लाग्ने रोगनासक साथै किटनासक समस्या समाधान गर्न १६ लिटरले १६ रोपनिमा उपचार गर्न सकिन्छ भन्ने चर्चा राम्रै चल्यो । सो चर्चाले गर्दा कृषकहरु अनौठो मान्दै आफु आफुमै प्रस्नहरु गर्न थाले—५ फिट सम्मको अग्लो गोलभेडा लगाएतको वालिको झाँङको भित्र रहेको किरा वा रोग नियन्त्रण गर्न आकासमा उडाईएको ड्रोन कती सम्भव ?

    १६ लिटर पानीमा जैबिक बिषाधि (निम) घोल तयार गरेर ड्रोन उडाउंदै गर्दा मुक्ती कृषि कम्पनीका प्राविधिक सागर पाण्डेले ड्रोनको माध्यमबाट खेतीमा प्रभावकारीताको बिषयमा जानकारी गराउदै ड्रोन उडाईयो । ड्रोनमा रहेको बिषाधि बालिमा छर्कदा हावाको माध्यमबाट विरुवाहरु हल्लंदा सवैतिर बिषाधि पुगेको जस्तो दृस्य देखियो । तर पुरै बालिमा हावाले गर्दा विरुवाहरु लतार्ने दृस्यले देखियो जस्ले गर्दा प्रभावकारी नहुने कृषकहरुको तर्क रहेको छ ।

    पाँचखालमा ड्रोनवाट बिषाधि छर्दा कति प्रभावकारीता भन्ने बिषयमा पाँचखाल नगरपालिका कृषि शाखाका कृषि प्राबिधिक ज्ञानेन्द्र दाहलसंग सम्पर्क गर्दा उहाँले भन्नुभयो—मुक्तिनाथ बिकास बैंक मार्फत सञ्चालित “मुक्ती कृषि कम्पनीले” प्रदर्शणको लागि ल्याएको ड्रोन प्रभावकारी हुने बताउनु भयो । उहाँले थप्नुभयो—हावाको प्रेसरले गर्दा विरुवाहरु अलि लतार्छ तर सवैतिर बिषादी पर्छ । जमिन भन्दा माथीबाट स्पेयर गर्दा हावामा बिषादीको मात्रा मिसिन सक्छकी र वातावरणमा असर पर्लाकि भन्ने कृषकहरुको तर्क छ तर सो बिषयमा भनीहाल्न सकिने अवस्था छैन ।

    यसै बिषयमा लामो समएदेखि कृषकहरुको समस्याको बिषयमा जानकारी राख्दै रोगनासक तथा किटनासक बिषाधि बिक्रि गर्दै आउनु भएका सरोज सापकोटा (पाँचखाल विज भण्डार प्रोपाईटर) संग सम्पर्क गर्दा उहाँको भनाई यस्तो रह्यो—मैले ड्रोनबाट बिषाधि छर्ने कार्य चाईना, भारत र थाईलाइन्डमा हेरेको थिए । सो स्थानमा ठुला ठुला प्लट भएका तर होचा खाले विरुवामा प्रभावकारी भएको पाएको थिए । ड्रोनबाट बिषाधि छर्नको लागि गोड्नु भन्दा अगाडीको आलु खेती, पसाउनु भन्दा अगाडीको धान बालि, गोड्नु भन्दा अगाडीको मकै वालि लगाएतका साना विरुवामा राम्रो हुन्छ । तर लहरे वालि, फल्दैगरेको गोलभेडा जस्ता ठुला विरुवाहरुमा प्रभावकारी रहन्न । फुल्दै गरेको साथै चिचिला लागेको बालि, सुत्ला च्यापेको मकै पसाउदै गरेको धानबालि लगाएतमा ड्रोनको सहायताले बिषाधि हालेमा हावाको प्रेशरले गर्दा फल तथा फुल खस्ने साथै कमै वालि ढल्ने सम्भावना रहन्छ । त्यसैले पाँचखालको भुगोलको आधारमा ड्रोनको माध्यमबाट बिषाधि प्रयोग त्यति उचिन नहोला ।

    त्यसैगरी वातावरण सम्रक्षण साथै पाँचखालको हितको खातिर निरन्तर अगाडी बढ्दै आउनु भएका समाजसेवी एवं संञ्चारकर्मी श्रीकृष्ण धिमालसंग सम्पर्क गर्दा उहाँको भनाई एस्तो रह्यो—“कामकुरो एकातिर कुम्लो बोकी ठिमि तिर”सिंगापुरे डिजि झारले पाँचखाल सखाप पार्दैछ । सो झार दिनपरदिन फैलंदो छ, समएमै झारलाई नियन्त्रण गर्न नसके केही बर्षमा पाँचखालमा रहेको उर्वरा भूमी मरुभूमिमा परिणत हुन्छ । एस्तो जटिल समस्याको बिषएमा कसैचो चासो छैन । मुक्तीनाथ बिकास वैंक द्वारा सञ्चालित “मुक्ती कृषि कम्पनीे” ले प्रचरको लागि प्रदर्सनि गर्न ड्रोन ल्यायो त्यसलाई नगरको उपलब्धि भनेर प्रचार गर्नु त्यति सान्दर्भीक नरहला ।

    “मुक्ती कृषि कम्पनीे” ले बिषाधिहरु आयात गर्ने साथै ड्रोन आयात गरी बिक्रि गर्ने कार्य समेत गर्दै आएको छ । व्यापारीक उद्देश्यले प्रचारको लागि आएको “मुक्ती कृषि कम्पनीे” ले उनिहरुसंग भएको सामानहरु बिक्रि गर्ने हो । तर जनप्रतीनिधिहरुले कृषि नगरीमा कृषकको हितको लागि नगरको समन्वयमा आधुनिक कृषि उपकरण भित्र्याईयो भनेर भन्नु त्यति सान्दर्भीक नहोला । धिमालले भन्नुभयो । फलफुल खेतिमा ड्रोनको माध्यमबाट बिषाधि प्रयोग गरे फुल र चिचिला झरेर सखाप हुन्छ । जमिन भन्दा धेरैमाथिबाट बिषाधि स्प्रेयर गर्ने हुंदा वातावरण विग्रन्छ ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार