२०८१ मंसिर ११, मंगलबार | Tue, 26, Nov, 2024

वातावरण संरक्षणको लागि मिलेर अगाडी बढ्नुपर्छ—खरेल


३२४४ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७९ जेष्ठ २२, आईतबार मा प्रकाशित २ साल अघि
  • जेठ २२ ,
    काभ्रेपलाञ्चोक । विश्ववातावरण दिवस २०२२ को उपलक्ष्यमा पाँचखाल नगरपालिका वडा नं. ३, ५ र ६ लाई समेटेको ठूलीको सामुदायिक वनमा बृक्षारोपण गरिएको छ ।

    लवग्रीन नेपाल र ठूली सामुदायिक वन उपभोक्ता समितिको आयोजना र पाँचखाल नरपालिकाको सहकार्यमा उक्त कार्यक्रम आयोजना गरिएको हो ।

    यस वर्षको मूलनारा Only One Earth, Living Sustainably in Harmony of Nature. पृथ्वीको संरक्षण, दिगो प्रकृति मैत्रीजीवनयापन भन्ने मूलनाराकासाथ पंयू ५० बोट, गिन्को बाईलोवा १ बोट, चाप २५ बोट , वीरेन्द्र फूल ६ बोट,कल्की ५ बोट, बकाईनो २० बोट, कपुर २ बोट, धुपि १० बोट र रुद्राक्ष ५ बोट गरी १२४ बोट हुर्केका ठूला विरुवा रोपिएको छ ।

    कार्यक्रममा पाँचखाल नगरका प्रमुख महेश खरेलले वातावरण संरक्षणगर्न सबै मिलेर लाग्नु पर्ने, बोट विरुवा र वन जोगाउनु सबैको कर्तव्य हो भन्दै लवग्रीन नेपालको यस उपत्यकालाई हरियाली बनाएकोमा धन्यवाद दिनु भयो ।
    त्यसैगरी लवग्रीन नेपालका कार्यकारी निर्देशकले नारायण प्रसाद ज्ञवालीले वातारण संरक्षण गर्न सबैले बृक्षरोण कार्यलाई निरन्तरता दिई रुख विरुवा बढाउदै जानु पर्ने कुरामा जोड दिनु भयो ।

    उक्त बृक्षारोपण कार्यक्रमको सुभारम्भ नगरप्रमुख महेश खेरलले प्रजातीय दृष्टीकोणले संसारको सबैभन्दा पुरानो बृक्ष गिन्कोबाईलोवा रोपेर गर्नु भयो । त्यसैगरी उपमेयर सूर्य माँया दनुवारले रुद्राक्षको विरुवा रोप्नु भयो । उक्त बृक्षरोपण कार्यक्रममा सशस्त्र प्रहरी गण पाँचखालबाट प्रहरी निरीक्षक उपेन्द्र शेयर लागयत ३० जना, .ठूलीको वन उपभोक्ता समितिका पदाधिकारीहरु र सदस्यहरु, स्थानीय वुद्धिजीवीहरु, वडा नं. ३ र ६ का वडा अध्यक्षहरु, र लवग्रीन नेपाल र लवग्रीन जापनाका कर्मचारीहरु गरी ७५ जनाको सहभागीता रहेको थियो ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु