२०८१ मंसिर ११, मंगलबार | Tue, 26, Nov, 2024

जबसम्म माल आउँदैन मलमा, तबसम्म मल आउनेवाला छैन-सांसद भट्टराई


२२८९ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७९ जेष्ठ २५, बुधबार मा प्रकाशित २ साल अघि
  • काठमाडौँ — एमालेका सांसद योगेश भट्टराईले वर्तमान सरकार कृषि मलमा अनियमितता गर्न खोजिरहेको आरोप लगाएका छन् । किसानले समयमा मल नपाउनुको कारण सरकारमा रहेका व्यकतिहरूले नै मल आयातमा अनियमितता गर्न खोजेर भएको बताए ।

    काठमाडौँ — एमालेका सांसद योगेश भट्टराईले वर्तमान सरकार कृषि मलमा अनियमितता गर्न खोजिरहेको आरोप लगाएका छन् । किसानले समयमा मल नपाउनुको कारण सरकारमा रहेका व्यकतिहरूले नै मल आयातमा अनियमितता गर्न खोजेर भएको बताए ।

    मल खोज्न कृषिमन्त्री महिन्द्रराय यादव भारत भ्रमणमा रहेको अवस्थामा मल आउला त भन्ने पनि भट्टराईले प्रश्न गरे । ‘हामीले सुनिराख्या छौं मल खोज्न कृषिमन्त्री भारततिर जानुभएको छ, कहाँ पुग्नुभयो ? उहाँको हालखबर के छ ? मल आउँछ कि आउँदैन ? मल ल्याएर आउनुहुन्छ कि आउनुहुन्न ? मल नपाएर कृषिमन्त्री थकित भएर उतै निर्वासित हुने हो कि भन्ने आशंका पनि छ,’ उनले भने ।

    सरकारले नै मल ल्याउने नखोजेको भट्टराईको आशंका थियो । ‘मल आउँछ तर यो सरकारले मल ल्याउन खोजेको छैन । मलमा माल खोजिरहेको छ माल !,’ उनले भने, ‘जबसम्म माल आउँदैन मलमा, तबसम्म मल आउनेवाला छैन । त्यसरकारण हामीले मल खोजकेो हो मालको पछाडि लाग्ने खोजेको होइन ।’

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार