२०८१ मंसिर ११, मंगलबार | Tue, 26, Nov, 2024

मन्त्रीको कार्यकक्षमा टेबल ठोकाठोक


२७४९ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७९ जेष्ठ २६, बिहिबार मा प्रकाशित २ साल अघि
  • २६ जेठ, काठमाडौं । स्थानीय विकास तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठ र जनता समाजवादी पार्टीका सांसद रामबाबु यादवबीच चर्काचर्की भएको छ । यादव, जसपाका निलम्बित सांसद हरिनारायण रौनियारसहित पार्टीबाट मन्त्री बनेका श्रेष्ठलाई भेट्न मन्त्रालय पुगेका थिए ।

    कुराकानीका क्रममा सांसद यादवले आफूले सिफारिस गरेका योजनाहरू बजेटमा नपरेको भन्दै टेबल ठोक्नुका साथै पानीको बोतल बजारेका छन् ।

    सांसद यादव भन्छन्, ‘मेरो कुरा नसुनी उहाँ मात्र बोलेपछि मैले आफ्नो अगाडि भएको टेबल ठोकठाक गरेको हुँ । पानीको बोतल बजारेको हुँ ।’ तर आफू मन्त्रीको टेबलमा समेत नगएको उनले दाबी गरे ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार