दरबारमार्गको प्लाटिनम डिस्कोमा ‘काभ्रेली समूह’ले एकजना युवकलाई आक्रमण गरेका छन् । बिहीबार बालुवाटार बस्ने प्रतिष भास्कर सिंह काभ्रेली समूहको आक्रमणबाट घाइते भएका छन् ।
आक्रमण गर्नेहरु बिरुद्ध पीडित सिंहको परिवारले प्रहरी वृत्त दरबारमार्गमा जाहेरी दिएका छन् । आक्रमणमा काभ्रेको नमोबुद्ध नगरपालिका घर भएका सञ्जय लामा, कुलध्वज लामा उर्फ कुले र डलर भनेर चिनिने डलर लामा लगायत संलग्न रहेको बताइएको छ । ६–७ जनाको समूहले आक्रमण गर्दा घाइते सिंहको टाउकोमा ७ ओटा टाँका लगाइएको छ ।
घटनाबारे प्रहरी वृत्त दरबारमार्गमा जाहेरी दर्ता गरेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले बताए । ‘पीडितलाई न्याय र पीडतकलाई सजाय दिलाउने कार्यमा प्रहरी कटिबद्ध छ’ एसपी मैनालीले भने–‘गुण्डालाई टाउको उठाउन दिँदैनौँ ।’ जिल्ला प्रहरी जिल्ला प्रहरी परिसर काठमाडौं र उपत्यका अपराध अनुसन्धान कार्यालयले त्यसबारे अनुसन्धान गरिरहेका छन् । प्लाटिनम डिस्को काभ्रे घर भएका सञ्जय लामा र मिलन कार्कीले सञ्चालन गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस