२०८१ मंसिर ११, मंगलबार | Tue, 26, Nov, 2024

घर पुर्‍याइदिने भन्दै सामूहिक बलात्कार


२४२३ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७९ जेष्ठ ३१, मंगलबार मा प्रकाशित २ साल अघि
  • ३१ जेठ, काठमाडौं । आइतबार बिहान साढे ३ बजेतिर प्रहरी कन्ट्रोल १०० मा एक युवतीको फोन आयो, ‘ममाथि तीन जनाले बलात्कार गरे ।’

    महिला हिंसाविरुद्ध देशभर आवाज उठिरहेका बेला राजधानीमै युवतीले सामूहिक बलात्कारमा परेँ भन्दै फोन गरेपछि प्रहरी अधिकृतहरुले तत्काल काठमाडौं प्रहरी परिसर, टेकु र बौद्धका डीएसपी ढुण्डिराज न्यौपानेलाई जानकारी गराए ।

    युवतीका अनुसार उनीमाथि बिहान साढे २ बजेपछि बलात्कार भएको थियो । फोन आए लगत्तै प्रहरी घटना भएको भनिएको बौद्धस्थित लुङ्ता गेस्ट हाउसको तेस्रो तलामा पुग्दा उनले भनेका युवा थिएनन् । २४ वर्षीया पीडित युवती चाहिँ विक्षिप्त अवस्थामा बसिरहेकी थिइन् ।

    प्रहरीले लगत्तै होटलका सञ्चालक आङ्निमा भन्ने झ्याम्पा ढिल्ले शेर्पालाई बोलाएर सोधपुछ गर्‍यो । ‘युवतीले उनलाई बलात्कार भएको बताए पनि उनले एक जनालाई भाग्न दिएको खुल्यो’ काठमाडौं प्रहरीका एसपी दिनेशराज मैनाली भन्छन्, ‘त्यसपछि उनलाई पनि पक्राउ गर्‍यौं ।’

    लगत्तै उनको बयान र होटलमा भएको क्लोज सर्किट (सीसी) क्यामरा फुटेजमार्फत प्रहरीले घटनाबारे अनुसन्धान थाल्यो । पीडितलाई थापाथलीस्थित प्रसुति गृहमा लगेर स्वास्थ्य परीक्षण गरायो ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार