२०८१ मंसिर ११, मंगलबार | Tue, 26, Nov, 2024

तरकारी खेतीबाट प्रतिरोपनि ४ लाख आम्दानी गर्छौं—बञ्जरा पनौतीमा बिषादी रहित तरकारी उत्पादन हुदै (भिडियो सहित)


७२०९ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७९ जेष्ठ ३१, मंगलबार मा प्रकाशित २ साल अघि
  • आइ.आर.के.मैनाली
    काभ्रेपलाञ्चोक,पनौती/आर्थिक उपार्जनको लागि खाडीमा गएर पसिना गाउनै पर्छ भन्ने युवा सोचलाई परिवर्तन गराउन सफल भएका छन् पनौती नगरका कृषकहरु ।

    कृषिप्रधान देशका कृषकहरुले कृषी कर्मबाट दैनिक जिवन चलाउन समस्या भएकोले वैदेशिक रोजगारीलाई अपनाउन वाध्य भईरहेको अवस्थामा पनौती नगरका कृषकहरुले अपनाएको आधुनिक तरिकाको कृषी कर्मले गर्दा आर्थिक उपार्जनको लागि स्वदेशमै पसिना बगाउन सकिन्छ भन्ने उदाहरण दिन सफल भएका छन् ।

    नेपालमा आवश्यक पर्ने ताजा तरकारीहरु विदेशबाट आयात गरी अर्वौ रुपैया वाहिरिएको अवस्थामा कृषकहरुले आधुनिक तरिका अपनाएर व्यवसायीक ढंगबाट गरिएको तरकारी खेतीले कृषकको आम्दानी राम्रो त छंदैछ त्यसको साथ साथै नेपाली पुजी वाहीरिनबाट समेत ओगिने अवस्था अएको छ । प्रतिकुल मौसमको कारण कृषकहरुले लगाएको खेती विग्रने भएकोले टनेलको माध्यमबाट खेती गरी राम्रो आम्दानी गर्न सफल भएका छन् कृषकहरु ।

    कृषहरुले उत्पादन गरेको तरकारीहरुमा बिषादीको अवषेश नरहोस जस्ले गर्दा उपभोक्ताहरुले ढुक्कका साथमा खान पाउन भन्ने उद्देस्यका साथमा खेती गर्दै आएको अगुवा कृषक शालिकराम बञ्जाराले बताउनु भयो । “तरकारी खेतीमा रोग तथा किराले आक्रमण गर्नु ठुलो कुरा हैन, तर नियन्त्रणको लागि कडा बिषादी प्रयोग गर्नुपर्छ भन्ने बाधयता छैन ।” समस्या समाधानको लागि घरेलु तरिका साथै जैबिक बिषादी पनि काफि हुन्छ, बञ्जाराले बताउनु भयो । ठुलै प्रकोप फैलियो घरेलु तरिका साथै जैविक बिष्षदीले नियन्त्रण नै हुन सकेन भने लामो समयसम्म बिषदीको अवषेश नहुने खालको बिषादी प्रयोग गर्दा उपभोक्तालाई कुनै समस्या पर्दैन ।

    हामीले आधुनिक साथै बिषादी न्युनिकरण गर्दै गरेको खेतीले प्रतिरोपनि बार्षिक ४ लाख सवै प्रकारको खर्च कटाएर वचत गर्न सफल भएका छौं , अगुवा कृषक वञ्जाराले भन्नुभयो । जसको कारण विदेसिएका युवा शक्तिहरुले अव स्वदेसमै पसिना वगाउने छन् । हामी कृषकहरुको समस्या भनेको वजार व्यवस्थापन साथै प्रविधिक सहयोग र समयमा मल विउ नपाउनु हो । जुन कार्यको लागि सरकारले केही ध्यान दिएका स्वरोजगारी भई सहजसंग बाच्न सकिन्छ । मध्यमार्ग कृषि सहकारी मार्फत अगाडी बढ्दै गर्दा हाम्रो लक्ष भनेको बिषादी रहित ताजा तरकारी उत्पादन गरेर उपभोक्ताहरुको मन जित्ने हो, हामी सोही ढंगले अगाडी बढेका छौं ।

    पनौती नगरपालिका कृषि शाखामा रहेका प्राबिधिकहरु हामी कृषक जति पनि जान्ने छैनन् । हाम्रो चाहना भनेको नगरले दक्ष प्राविधिकको व्यवस्था गरेर कृषकको हितमा काम गर्ने वातावरण निर्माण होस । पनौती ऐतिहासिक स्थान भनेर मुलुक भरमै पनौतीको निकै चर्चा छ, त्यसमा थप बिषादी रहित तरकारी उत्पादन हुने स्थानको रुपमा पनि परिचय गराउने लक्षका साथ अगाडी बढेका छौं, अगुवा कृषक बञ्जाराको तर्क छ ।

    “आधुनिक तरिकाले व्यवसायिक ढंगबाट खेती गर्नुको प्रमुख कारण भनेको उपभोक्ताहरुले ढुक्कका साथमा उपभोग गर्न पाउन भन्ने हो” मध्यमार्ग कृषि सहकारी संस्थाका अध्यक्ष प्रदिप केसीले बताउनु भयो । अध्यक्ष केसीले थप्नुभयो—कृषि सहकारी सञ्चालन गर्दै व्यवसायीक ढंगको खेती गराउनुको प्रमुख उद्देस्य विदेशिएका युवा शक्तिलाई स्वदेसमै राख्ने हो । सकहारी दर्ता गरे लगतै जिल्ला कृषि सेवा कार्यालयबाट तरकारी पकेट क्षेत्र अन्तरगतको कार्यक्रम मार्फत टनेल खेतीको सुरुवात गरियो । खेतिको लागि आधुनिक उपकारण, प्राविधिक सहयोग, स्पे्रयर लगाएतको सहयोग लियौं । स्थानिय तह, प्रदेश सरकार समेतबाट बिभिन्न खाले सहयोग लिदै व्यवसायीक ढंगबाट खेती गराउने कार्यले तिव्रता पाएको छ । जसले गर्दा शैक्षिक वेरोजगार युवाहरुको समेत चासो बढेको छ ।

    ०५९ सालबाट सञ्चालनमा आएको मध्यमार्ग कृषि सहकारी संस्थाको पहलमा पनौती क्षेत्रमा आधुनिक तरिकाले खेती गराउने कार्यमा कृषकहरुलाई हौसला दिदा कृषकहरुले ठुलो फडेको मारेका छन् । छिमेकी मुलुकबाट ठुलो परिणाममा आयात हुने तरकारीहरुमा बिषादिको मात्रा धेरै रहेको प्रमाणित हुदै गर्दा चिन्तित रहेका उपभोक्ताहरुको चिन्ता दुर गर्ने कार्यमा अगाडी बढेको छ सहकारी । सहकारीले दक्ष प्रविधिकहरुको व्यवस्था गर्दै जैविक बिषादी वनाउने र सोही बिषादी प्रयोग गरि खेती गराउने बिषयमा सकृयता देखाएको छ । सहकारीले रासायणिक मलको अभावलाई सहजिकरण गर्न कृषि सामाग्री कम्पनिको डिलर बनेर मल उपलब्ध गराउने तयारीमा समेत जुटेको छ ।

    कृषकको प्रमुख समस्याको रुपमा रहेको विचौलिया प्रथालाई कसरी निमिट्यान्न पार्ने भन्ने बिषयमा समेत बिभिन्न निकायहरुसंग सहकार्य छलफल कार्यलाई अगाडी बढाएको छ । पनौतीमा उत्पादन भएको ताजा तरकारीहरु विदेश निर्यातको तयारी गरेको छ । सोही क्रममा ०७५÷०७६ मा पनौतीको तरकारी वंगलादेश निर्यात भएको थियो । विश्वमा फैलिएको कोभिडको महामारीले गर्दा निर्यात रोकिएको छ । निर्यातको लागि निरन्तरता दिन प्रयास भएको जानकारी प्राप्त भएको छ ।

     

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार