२०८१ मंसिर ११, मंगलबार | Tue, 26, Nov, 2024

काभ्रेमा मानव अधिकार शिक्षा कार्यक्रम


२४६६ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७९ अषाढ ३, शुक्रबार मा प्रकाशित २ साल अघि
  • काभ्रेपलाञ्चोक । राष्ट्रिय मानव अधिकार आयोग बागमती प्रदेश कार्यालयको आयोजनामा मिति २०७९ असार १ गते बनेपा नगरपालिका ७ स्थित बेलर एकेडेमीमा मानव अधिकार शिक्षा कार्यक्रम सम्पन्न गरेको छ ।

    आयोगको बागमती प्रदेश कार्यालयका सहसचिव यज्ञप्रसाद अधिकारीको अध्यक्षतामा संम्पन्न भएको उक्त कार्यक्रममा बनेपा नगरपालिका वडानं ७ का वडाध्यक्ष हिटलर शाक्य,गैसस महासंघ काभ्रेका अध्यक्ष टोम सापकोटा, बेलर एकेडेमिका प्रिन्सिपल इन्दु थापा, मानव अधिकार संगठन जिल्ला शाखा काभ्रेका अध्यक्ष राजु सिग्देल लगायतको सहभागिता रहेको थियो ।

    कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगको काम कर्तव्य र अधिकार, मानव अधिकारको बिश्वब्यापी घोषणा पत्र १९४८, बाल अधिकार महासन्धी १९८९, मानव अधिकारमुखी विकास पद्धती लगायतका बिषयमा आयोगका सहसचिव यज्ञप्रसाद अधिकारीले प्रशिक्षण दिनु भएको थियो । प्रशिक्षण कार्यक्रममा मानव अधिकारकर्मी निर्वाचित प्रतिनिधि, गैससकर्मी कक्षा १० का विद्यार्थी गरी ७० जनाको सहभागिता रहेको थियो ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार