२०८१ मंसिर ११, मंगलबार | Tue, 26, Nov, 2024

खोलाले बगाएर शिक्षिकाको मृत्यु


२०३६ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७९ अषाढ ३, शुक्रबार मा प्रकाशित २ साल अघि
  • ३ असार, नुवाकोट । नुवाकोटको दुप्चेश्वर गाउँपालिका-६ का राधिका आचार्यको शुक्रबार विद्यालय पढाउन जाँदै गर्दा भीरबाट खस्ला खोलाले बगाएर  मृत्यु भएको छ ।

    तादी गाउँपालिका–४ स्थित सुन्दरा माध्यमिक विद्यालयमा पढाउन जाने क्रममा ३५ वर्षीय आचार्य चढेको स्कुटर दुर्घटना भई भिरबाट खस्दा तादी खोलाले बगाएर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिए ।

    उनका अनुसार तादी–४ स्थित पागेंपाखा भन्ने ठाउँमा पुग्दा आचार्य चढेको बा.९७ प ६९२५ नं स्कुटर अनियन्त्रित भएर दुर्घटना भई भिरबाट खसेर तादी खोलामा पुगेर बगाउँदा शिक्षिका आचार्यको मृत्यु भएको हो ।

    घटनास्थलभन्दा ५०० मी. तलबाट उद्दा गरे पनि उनलाई बचाउन नसकिएको प्रहरीले जनाएको छ । उनी उक्त विद्यालयमा निमावि तहमा स्थायी शिक्षकका रुपमा कार्यरत थिइन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार