२०८१ मंसिर ११, मंगलबार | Tue, 26, Nov, 2024

जिल्ला समन्वय समिति काभ्रेको ७५ औ बोर्ड बैठक :अप्सरा ढुङ्गाना सिपखानलाई प्रबक्ताको जिम्मेवारी


३२४० पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७९ अषाढ १५, बुधबार मा प्रकाशित २ साल अघि
  • जिल्ला समन्वय समिती काभ्रेको ७५ औ बोर्ड बैठक आज बसेको छ। नयाँ पदाधिकारीहरुको पदभार ग्रहण पछि भने यो दोस्रो बैठक हो।  बैठकमा जिल्ला समन्वय अधिकारीबाट जिल्ला समन्वय समिती र कार्यालयबाट हुने कार्यक्रमको संक्षिप्त जानकारी प्रस्तुत भयको थियो।

    बैठकले जिल्ला समन्वय समितिको प्रबक्ताको जिम्मेवारी जिल्ला समन्वय समितिको सदस्य अप्सरा ढुङ्गाना सिपखानलाई तोकेको छ भने जिल्लास्थित स्थानिय तह सङ नियमित सम्पर्क र समन्वय गर्न जिल्ला समन्वय समितिका सदस्यहरुलाई विभिन्न पालिकाहरुको सम्पर्क ब्यक्तिको रुपमा कार्य गर्ने गरि जिम्मेवारी दिईयको छ। पाँचखाल नगरपालिका र नमोबुद्ध नगरपालिकामा मंगल बहादुर तामाङ , खानिखोला गाउँपालिका र महाभारत गाउँपालिकामा कृष्ण कुमारी राई ,मन्डनदेउपुर नगरपालिका र बेथानचोक गाउँपालिकामा नीर बहादुर लामा, पनौती नगरपालिका र महाभारत गाउँपालिकामा अप्सरा ढुङ्गाना सिपखान, चौरिदेउराली गाउँपालिका र भुम्लु गाउँपालिकामा कमलराज गिरि, धुलिखेल नगरपालिका र बनेपा नगरपालिकामा चन्डिका मिजार, तिमाल गाउँपालिका र रोशी गाउँपालिकामा रस्मिता भन्डारीलाई सम्पर्क ब्यक्तीको जिम्मेवारी दिइयको छ।

    जिल्ला भित्रका सम्पुर्ण स्थानीय तहका पदाधिकारीहरुको सम्पर्क नम्बर सहितको समन्वय डायरी प्रकाशन तथा जिल्लाको पार्श्व चित्र /बस्तुगत बिबरण तयार गर्नका लागि बिषयगत कार्यालयहरुबाट राय सुझाब लिएर आबश्यकता अनुसार संशोधन गरि छिटै प्रकाशन गरिने भयको छ। जिल्ला समन्वय समितिको बिषेशगरि अनुगमनको पाटो भयकाले प्रदेश पुर्वाधार बिकास साझेदारी कार्यक्रम मार्फत काभ्रे जिल्ला भित्रका स्थानिय तहहरुमा संचालनमा रहेका भौतिक पुर्वाधार , शिक्षा र स्वास्थ्य क्षेत्रका विकास योजनाहरुको अनुगमनका लागि सम्बन्धित क्षेत्रका प्रदेश सभाका सदस्यहरु सङ समेत समन्वय गरि अनुगमन प्रभावकारी बनाउने निर्णय गरेको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार