२०८१ मंसिर ११, मंगलबार | Tue, 26, Nov, 2024

परिवार नियोजन संघले निःशुल्क सेवा दिनुपर्छ —अधिकारी


२४५० पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७९ अषाढ १६, बिहिबार मा प्रकाशित २ साल अघि
  • काभ्रेपलाञ्चोक । नेपाल परिवार नियोजन संघ पाँचखाल शाखाबाट हुने सेवाहरु नि,शुल्क हुनुपर्छ । उक्त कार्यको लागि पाँचखाल नगरपालिकाले साथ सहयोग गर्न जरुरी रहन्छ ।

    उक्त धारणा पाँचखाल नगरपालिका स्वास्थ्य शाखा प्रमुख उज्ज्वल अधिकारीले बताउनु भएको हो । आज (विहिबार) नेपाल परिवार नियोजन संघ पाँचखाल शाखाले आयोजना गरेको जिल्ला स्तरिय समन्वय बैठकमा उक्त धारणा राख्नुभएको हो ।
    कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख अधिकारीले थप्नुभयोे—पाँचखाल स्वास्थ्य शाखा,प्राथमिक स्वास्थ्य केन्द्र भन्नु र नेपाल परिवार नियोजन संघ भन्नु एउटै हो यि सवैले पाँचखालका जनतालाई सेवा दिन्छन त्यसैले हामी सवै एक आपसमा सहकार्य गरेर अगाडी वढ्नुको विकल्प छैन ।

    नेपाल परिवार नियोजन संघ पाँचखाल शाखाका नि.शाखा प्रमुख तुलसी देवी मानन्धरले संघले उपलब्ध गराउने सेवाको बारेमा जानकारी गराउनु भयो । उहाँले भन्नुभयो । डफ्ट माबत प्रोजेक्टले गर्दा संघ मार्फत सेवा प्रवाह गर्न सहज भएको बताउनु भयो । मुलुकमा १७ स्थानमा लागु भएको प्रोजेक्टको कारण विपदको समयमा विभिन्न स्वास्थ्य क्याम्पहरु सञ्चालन गर्न सहज भएको बताउनु भयो । संघको उद्देस्य अनुसार जस्तो सुकै असहज अवस्थामा पनि निरन्तर रुपमा सेवा दिदै आएको बताउनु भयो । भिन्न रुपले सक्षमहरुका लागि, एच.आई.भि पिडित समेतलाई सहज ढंगबाट सेवा दिदै आएको बताउनुभयो । कोभिडको महामारीमा समेत संघले दिने सेवाहरुमा निरन्तर रुपमा सेवा दिदै शुरक्षीत सुतकेरी गराउने कार्यमा समेत कुनै कमि हुन नदिएको बताउनु भयो ।

    संघका स्टाफ नर्स रमा दाहालले बैठक बस्नुको औचित्य माथि प्रकाश पार्दै कार्यक्रम सञ्चालन गर्नुभएको थियो । कार्यक्रममा नेपाल रेडक्रस काभे्र शाखाका,अनैकोट उपशाखाका प्रतीनिधिहरु, सञ्चारकर्मीहरु लगायको सहभागि रहेको थियो ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार