काभ्रेपलाञ्चोक । पाँचखाल नगरपालिकाले विनियोजन गरेको वजेट दुरुपयोग भएको छ । बजेट विनियोजन गर्दा अति आवस्यकिय साथै दिर्घकालिन ढंगको योजनाको पहिचान नगरी मनलाग्दी तरिकाले विकास निर्माणको छनोट गर्दा दुरुपयोग भएको हो ।
पाँचखाल नगरपालिका वडा नं ६ को ३८ किलोमा तरकारी संकलन केन्द्र निर्माण गर्ने नाउमा २०७४ सालमा वजेट विनियोजन गर्दा ८ लाख रकम छुट्याईयो । सो रकमबाट जस्ताको सामान्य टहरा निर्माण भयो तर निर्माण भएपछि सो स्थानमा एक दिनपनि तरकारी संकलन भएन । प्रयोग विहिन अवस्थामा रहेको उक्त जस्ताको टहरो ०७८ को बर्षायाममा माथिबाट आएको पहिरोले क्षति पुर्यायो ।
८ लाख बजेट विनियोजन भई निर्माण भएको उक्त टहरो निर्माण हुँदा के कती खर्च भयो भन्ने बिषयमा कुनै सार्वजनिक भएन । कागजी प्रकृया मिलाएर रकम निकासा भएपनि निर्माणको अवस्था हेर्दा ८ लाख खर्चभएको भनि पत्याउने अवस्थामा छैनन् स्थानिय । उहरो वनाउन प्रयोग भएको जस्ता, फलाम, सिमेन्ट, ढुंगा साथै मजदुरको हिषागर्दा त्यति धेरै रकम खर्च नभएको स्थानियहरुको भनाई छ ।
दैनिक रुपमा सोहि स्थान हुँदै नगरपाकिामा आउने जनप्रतीनिधि साथै कर्मचारीहरुले सो प्रयोगविहिन अवस्थाको टहरोले गिज्याई रहेको छ । तर कसैको ध्यान पुग्न सकेको छैन । यसरी वजेट दुरुपयोग भएको दृस्यलाई टुलुटुलु हेरेर वस्नाको पछिाडी कुनै रहस्य लुकेको हुन सक्ने बिकास प्रेमीहरुको तर्क रहेको छ ।
यसैबिषयमा सो टहरो निर्माण उपभोक्ता समितिका अध्यक्ष मिठाराम तिमल्सिनासंग सम्पर्क गर्दा उहाँले भन्नुभयो—टहरो बनाउने समयमा भुई ढलान र सोलिङ समेत गर्नुपर्ने स्टमेन्ट थियो तर उक्त कार्य गर्न रकम नपुगेको भनि वनाईएन । स्टमेन्ट अनुसार कार्य नहुंदापनि भुक्तानि दिईयो । पहिरो रोकथामको लागि बजेटको माग गरेउ तर वजेट उपलब्ध नभएकोले टहरो बनेको तीन बर्षपछि अन्तत पहिरोले क्षति पुर्यायो ।
बजेट दुरुपयोग भएको बिषयमा पाँचखाल वडा नं ६ का अध्यक्ष रामशरण दुलालसंग सम्पर्क गर्दा सो स्थानमा तरकारी संकलन केन्द्र बनाउदा पहिरोको जोखिम हुन सक्ने भएकोले पहिरोको जोसिखम नहुने गरी निर्माण गर्न अनुरोध गर्दा उपभोक्ता समितिले अटेर गर्दा अन्तत पहिरोले क्षति पुर्यायो । सोही स्थानमा रहेको पञ्चमुखी हनुमान डिप बोरिङ्ग गहिर्याउनको लागि नगरमा बजेट माग भयो । नगरको तर्फबाट बजेट उपलब्ध गराउंदा नगरका मेयर महेश खरेलले १० लाख डिप वोरिङ्ग गहिर्याउन र ३ लाख पहिरो रोकथामको लागि रकम उपलब्ध गराएको थियो । त्यति मात्रै नभई उज्यालो नेपाल नामक संस्थाले समेत २ लाख उपलब्ध गराएको थियो तर पहिरो रोकथामको लागि पहल नहुँदा अन्तत पहिरोले क्षति पुर्यायो ।
प्रतिक्रिया दिनुहोस