२०८१ मंसिर १०, सोमबार | Mon, 25, Nov, 2024

बसोवासको लागि काठमान्डौ योग्य छैन -खरेल


६९७८ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७९ भाद्र ३, शुक्रबार मा प्रकाशित २ साल अघि
  • काभ्रेपलाञ्चोक। पाँचखाल नगरका प्रमुख महेश खरेलले काठमाडौं कङ्क्रिटले भरिएकोले बसोवासको लागि योग्य नभएको बताउनु भयो ।
    काभ्रेपलाञ्चोक जिल्ला समन्वय समिको जिल्ला सभामा शुभकामना मन्तव्य राख्दै पाँचखाल प्रमुख खरेलले उक्त धारणा राख्नु भएको हो । खरेलले थप्नुभयो–बसोवासको लागि काठमाडौँको विकल्प काभ्रे उपयुक्त भएको बताउनू भयो ।

     काभ्रेको केही स्थान अझैपनि बिकट छ तर त्यस्ता स्थानमा सवै मिलेर विकास गर्नुपर्छ । जिल्लाको विकासको लागि सबै मिल्नु पर्छ विकास निर्माण कार्यमा दलगत स्वार्थ रहन्न विकास वादको ढङ्गबाट अगाडि बढ्नु पर्छ खरेलले भन्नु भयो ।
    बागमती प्रदेशको राजधानी काभ्रे उपयुक्त छ‚ जुन कार्यको लागि अभियान थाल्न जरुरी छ ।स्थानीय तहको अधिकार कुण्ठित गर्ने खेल भएको छ जसको लागि चनाखो हुन जरुरी भएको खरेलको तर्क थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार