२०८१ मंसिर १०, सोमबार | Mon, 25, Nov, 2024

राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यलय उद्वघाटन


३४०८ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७९ भाद्र ५, आईतबार मा प्रकाशित २ साल अघि
  • सुशील राज गिरी
    काभ्रेपलाञ्चोक । “हाम्रो अग्रज नेता लाई विश्राम दिनेहो देश बनाउने हो भने उम्मेदवार अब पैसा, पावर होईन भएको लाई होईन अब जान्नेलाई छानौ हाम्रो लाई होईन राम्रो लाई छानौ” भनने मुल नाराका साथमा अगाडि बढेको राष्ट्रिय स्वतन्त्र पार्टीले काभ्रेपलान्चोक जिल्लामा कार्यालय खोलेको छ ।

    काभे्रको ब्यापारिक केन्द्र बनेपामा पार्टी कार्यलय एक कार्यक्रमको आयोजना गर्दै उद्वघाटन गरेको छ । काभ्रे जिल्ला सचिव सुशील राज गिरीले उद्वघोस गरेको कार्यक्रममा जिल्ला सभापति ढकालले राष्ट्रिय स्वतन्त्र पार्टी अन्य पार्टी भन्दा फरक रहेको बताउनु भयो । आगामी मंसिरमा हुने निर्वाचनमा काभ्रेली जनताले संघीय चुनाव घण्टीमा भोट हाल्ने अबसर भएको बताउनु भयो ।

    कार्यक्रममा काभ्रे जिल्ला सभापति प्रविन ढकाल ,उपसभापति पुण्य माता घिमिरे ले संयुक्तरुपमा पानसमा वत्ति बालेर पार्टी कार्यलय उद्वघाटन गर्नुभयो । सभापति ढकालले पार्टी कार्यलय उद्वघाटन सगै काभ्रेका १३ वटै पालिका सभापति लाई जिम्मेवारी प्रदान गर्नुभएको थियो । राष्ट्रिय स्वतन्त्र पार्टी जिल्ला पार्टी कार्यलय उद्वघाटनमा बोल्दै काभ्रे जिल्ला उपसभापति पुण्य माता घिमिरेले राष्ट्रिय स्वतन्त्र पार्टी मात्र यस्तो पार्टी भएको जस्ले तल्लो तहदेखिका मानिस लाई अबसर दिहिरहेकोले उम्मेद्वार अब जान्नेलाई छान्नु पर्ने घिमिरेले बताउनुभयो । कार्यक्रममा जिल्ला सचिवले भावि रणणिती, पार्टीको लक्ष,पार्टीको विधि बिधान माथि प्रकास पारेका थिए ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार