२०८१ मंसिर १०, सोमबार | Mon, 25, Nov, 2024

माटोको ऋण तिर्नु मेरो कर्तव्य हो —बाँस्कोटा(भिडियो सहित)


३६९५ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७९ भाद्र ८, बुधबार मा प्रकाशित २ साल अघि
  • काभ्रेपलाञ्चोक । सवै काम एउटैले गर्न सक्दैन‚ सामुहिक प्रयासबाट धेरै कुरा हुन्छन् तपाईँहरूको सामुहिक प्रयासमा मेरो पनि सहयोग हुन्छ ।

    उक्त भनाई नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं पूर्व सूचना तथा सञ्चार मन्त्री गोकुल बाँस्कोटाले पाँचखाल नगरपालिका वडा नं ३ स्थित चारपिप्लेमा सञ्चालन भइरहेको श्रीमत भागवत १०८ सप्ताहको ४४ औं ज्ञान महायज्ञमा शुभकामना मन्तव्य राख्ने क्रममा बताउनु भएको हो ।

    कार्यक्रममा हिमालयको काखमा रहेको प्रक्रितिक रुपमा रहेको पवित्र भूमिले हाम्रो मानव जीवनलाई खुसी राख्ने काम भएको छ । चुनावको समयमा सस्ता कुरा गरेर एकछिनको लोकप्रियता कमाउनु छैन‚ तपाईँहरू सामूहिक रुपमा मन्दिर बनाउन जुट्नु भएको छ‚ सो कार्यमा म पनि सहकार्य गर्छु । म एक्लैले मन्दिर बनाउन सक्दिनँ‚ मसँग एक लोटा पानी छ भने एक लोटानै दिन सक्छु तर समुन्द्र घोप्ट्याई दिन सक्दिनँ सक्छु ? चुनावको वेला आएको छ भनेर सस्ता कुरा गरेर करोड सहयोग गर्छु भन्दिन जतिखेर जति सहयोग गर्न सक्छु सहयोग गर्न तयार छु ।

    विकास निर्माणको लागि महीले अर्वौ अर्ब हालेका छौं‚ साक्षी एकजना कुमार लामिछाने यही हुनुहुन्छ कञ्चन अधिकारी तल हुनुहुन्छ । यो सामाजिक कार्य हो जुन कार्यको लागि साथमा साथ काँधमा काँध मिलाएर जान्छौ । यो पवित्र भावनाको साथमा कार्य हुँदैछ यसमा कुनै राजनीति छैन । यो उठाउको नुन मैले खाएको पाँचखालको माटोको ऋण तिर्नुछ त्यसैले नुनको सोझो र माटोको ऋण तिर्ने कार्य गर्नै पर्यो त्यो मेरो कर्तव्य हो । त्यसैले यो ठाउमा कुनै पनि प्रकारको कार्यलाई अधुरो र अपुरो हुन दिने छैन । तपाईँहरूले इट्टा हाली रहंदा म पनि इट्टा थप्ने कार्य गर्छु ।

    मैले गर्ने सहयोगको लागि चुनाव पछि भन्दिन । चुनावले के गर्छ र तपाईँहरूले भोट हाल्नुहुन्छ जित्नुपर्नेले जित्छ । तपाईँहरूको इच्छाले चाहेकोले जित्छ‚ हात समातेर कसैले कसैलाई भन्न मिल्दैन । त्यस्तैले जतिखेर जे जे आइपर्छ त्यतिखेर सोही गर्दै जाने हो‚ तपाईँहरूले होस्टे भन्दा म हैंसे भन्न तयार छु । सवै कार्यमा मिहेनत हुन्छ गुरुहरूले पसिना वगाई रहनु भएको छ त्यस्तैले सित्तैमा कसैले केही गर्न सक्दैन । सित्तैमा गर्ने भनेको मतदान मात्रै हो तर सो अमूल्य मत दिदै गर्दा दायाँ वाँया गर्नुहुँदैन किनकि देश बनाउनु छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार