२०८१ मंसिर १०, सोमबार | Mon, 25, Nov, 2024

महिला दिदी वहिनीहरु १६ घण्टा काम गर्नुहुन्छ अमिलै पसिनामा सुत्नु हुन्छ—लामिछाने (भिडियो सहित)


४८०४ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७९ भाद्र ९, बिहिबार मा प्रकाशित २ साल अघि
  • काभ्रेपलाञ्चोक। पाँचखाल क्षेत्रका समाजसेवी एवं पाँचखाल सुनकोशी बृहत खानेपानी उपभोक्ता समितिका अध्यक्ष कुमार प्रसाद लामिछानेले पाँचखाल क्षेत्रको ऐतिहासिक धरोहरहरूको संरक्षण गर्नु नगरवासीको कर्तव्य भएको बताउनु भयो ।
    उक्त धारणा पाँचखाल नगरपालिका वडा नं ३ स्थित चारपिप्लेमा श्रीकृष्ण मन्दिर निर्माणको खातिर सञ्चालन भइरहेको श्रीमत भागवत १०८ सप्ताहको ४४ औं ज्ञान महायज्ञमा शुभकामना मन्तव्य राख्ने क्रममा बताउनु भएको हो ।

    कार्यक्रममा लामिछानेले भन्नुभयो सवैको प्रयासमा दुग्धेश्वर महाँदेव मन्दिर निर्माण‚ पलाञ्चोक भगवती मन्दिरमा ढुंगा छाप्ने काम सम्पन्न भएको छ । पाँचखालको ५४ किलो भन्दा तल गौमाताको मन्दिर रहेको छ सो मन्दिरको व्यवस्थापनको निम्ति हामी सबै प्रयास गर्दै अगाडी बढेका छौं । अघिल्लो बर्स ४० लाख व्यवस्थापन गरेर कार्य सुरु गरेकोमा यस वर्ष ३० लाख व्यवस्थापन भएको बताउनु भयो । त्यसैगरी पाँचखाल उपत्यकाकै महत्वपूर्ण मन्दिर कोट देवीमा ८ सय वटा सिडि बनेको छ ‚ हामी सबैको प्रयासमा १ करोड बजेट व्यवस्थापन भएको छ ।  यो महा यज्ञमा हामी सबैले संयुत्तरुपमा प्रयत्न गर्दा श्रीकृष्ण मन्दिरको पुनर निर्माण निम्ति कसैले सहयोग नगरेपनि हम्रो संयुक्त प्रयासमा नेपाल सरकारको सहयोगमा यो योजनालाई सम्पन्न गर्न सक्छौं ।

    व्यक्ति बोल्दैन मैले अगिनै भने ‚ राजनीति रुपमा बोल्दै छैनौ‚ हामी आध्यात्मिक रुपमा अगाडि बढिरहेका छौं । हाम्रा महिला दिदी बहिनीहरू १६ घण्टा काम गर्नुहुन्छ अमिलै पसिनामा सुत्नु हुन्छ । पानी लिनको निम्ति अधिकाँस दिदि बहिनीहरू विहान भरि मेहनत गर्नुपर्छ । धर्मकर्मको काममा यहाँ सबै पक्ष जुट्नु भएको छ‚ मन हुनेले धन जुटाई दिदा सबै सामाजिक कार्यहरू सफल हुन्छ । मन्दिर निर्माणको खातिर भएको कार्यमा दान गर्नुहुने दानवीरहरू प्रति नमन गर्न चाहन्छु । लामिछानेले बताउनु भयो ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार