२०८१ मंसिर १०, सोमबार | Mon, 25, Nov, 2024

चौँरीदेउराली लाई अख्तियारको पत्र‚ नियम विपरित प्रेस सल्लाहकार नियुक्ति समेतमा उजुरी


२२७०० पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७९ भाद्र ९, बिहिबार मा प्रकाशित २ साल अघि
  • काभ्रेपलाञ्चोक । विगतमा विकास निर्माणमा निकै राम्रो कार्य गरेको चर्चामा आएको काभ्रेको चौँरीदेउराली गाउँपालिकालाई हाल आएर अख्तियारले पत्र काटेको छ ।

    अख्तियारले गाउँपालिका कार्यालयका प्रमुख प्रसाशकिय अधिकृतलाई पत्र काट्दै राय प्रतिकृया सहित कागजात उपलब्ध गराउन उल्लेख गरेको छ ।

    पालिकाले विकास निर्माणको कार्य मध्य भ्यु टावर निर्माण उपजमा अनियमितता खर्चमा अनियमितता‚ ट्याक्टर खरिदमा अनियमितता गरेको उजुरीको आधारमा अख्तियारले पत्र काटेको छ ।

    त्यसैगरी कार्यालय सहायक नियुक्ति प्रेस सल्लाहकार नियुक्ति‚ प्रशासन सल्लाहकार नियुक्ति गरी सार्वजनिक सम्पत्तिको दुरुपयोग गरेको भनी उजुरी परेपछि आवश्यक कागजात सहित उपस्थितिको लागि अख्तियारले पत्र काटेको हो । पालिकाहरूले नियुक्ति गरेका प्रेस सल्लाहकार तथा प्रशासनिक सल्लाहकार नियम विपरित भएको भन्दै विगत बर्षहरुबाटै बेरुजु देखिँदै आउँदा समेत नियुक्ति गर्ने कार्य निरन्तर हुँदा एक पछि अर्को गर्दै अख्तियारमा उजुरीको चाङ लाग्दैछ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार