२०८१ मंसिर १०, सोमबार | Mon, 25, Nov, 2024

एकैदिन तीन हजार सवारी चालकमाथि कारवाही


२८७७ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७९ भाद्र ९, बिहिबार मा प्रकाशित २ साल अघि
  • ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एकैदिन ३ हजार १९६ जना सवारी चालकलाई कारवाही गरेको छ । ट्राफिक नियम उल्लंघन गरेका कारण बुधबार उपत्यकाको विभिन्न स्थानमा उनीहरुलाई कारवाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । कारवाहीमा पर्नेमा १९७ जना मादक पदार्थ सेवन (मापसे) गरी सवारी साधन चलाउने चालकहरू रहेका छन् ।

    लेन अनुशासन पालना नगर्ने ७०, रेड लाइटमा सवारी साधन चलाउने ६३, निषेधित क्षेत्रमा हर्न बजाउने १९९, नम्बर प्लेट राम्रोसँग नराख्ने २२ जना सवारी चालकलाई पनि कारवाही गरिएको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार २ हजार ६५५ जना सवारी चालकलाई अन्य कारवाही गरिएको छ ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार