काभ्रेपलाञ्चोक । काभ्रे जिल्लाको चौँरीदेउराली गाउँपालिका वडा नं. ३ की एक बृद्धाको भिरबाट लडेर मृत्यु भएको छ । विहीबार बिहान ८ बजे माइत जान्छु भनेर घरबाट निस्केकी बृद्धा भीरबाट लडेर मृत्यु भएको स्थानीयले जानकारी दिए ।
बिहानै उठेर माइत हिँडेकी ६५ वर्षीय माइली तमाङ माइत जाँदै गर्दा बाटोबाट चिप्लिएर भीरबाटो खस्दा मृत्य भएको स्थानियको भनाई रहेको छ । घर नजिकको भीरमा लडेकी तामाङलाई दिउँसो स्थानीय भवु तामाङले देखेपछि लडी मरेको भन्ने अनुमान लगाइएको छ ।
प्रतिक्रिया दिनुहोस