काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको नमोबुद्ध नगरपालिका वडा नं ५ डाँडागाउँमा गौवध गरेको अभियोगमा दुई जनालाई पक्राउ गरी आवश्यक सोधपुछ कार्य गर्दै गरेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय धुलिखेलका अनुसार नमोबुद्ध नगरपालिका वडा नं. ०५ डाँडागाउँ स्थित फुर्वा तामाङको घरमा गाईगोरु जस्तो देखिने जनावर काँटी मासु भाग लगाई रहेको छ भन्ने विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय मङ्गलटार काभ्रेपलाञ्चोक समेतबाट खटिएको प्रहरी अधिकृत सहितको टोलीले चेकजाँचको क्रममा पक्राउ गरिएको हो ।
फुर्वा तामाङको घर भित्र गाई गोरु जस्तो देखिने चौपाया जनावरको शरीर र टाउको छुट्ट्याई मासु भाग लगाई रहेको अवस्थामा फलामको दाउ समेत फेला पारी रित पुर्वक बरामद गरी गाई गोरु काट्ने काभ्रेपलाञ्चोक जिल्ला नमोबुद्ध नगरपालिका वडा नं. ०५ बस्ने मेगराज तामाङको छोरा वर्ष ३० को ज्ञान बहादुर तामाङ । नमोबुद्ध नगरपालिका वडा नं. ०५ बस्ने कामीदाई तामाङको छोरा वर्ष १८ को फुर्वे तामाङ लाई पक्राउमा परी मुलुकी अपराध संहिता‚२०७४ को परिच्छेद पशुपक्षी सम्बन्धी कसूरमा कारवाहीको लागि अदालतबाट म्यादथप अनुमति लिई आवश्यक अनुसन्धान कार्य भइरहेको जानकारी प्राप्त भएको छ ।
प्रतिक्रिया दिनुहोस