काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहविरुद्ध अवहेलना मुद्दा परेको छ । नर्भिक अदालतले दायर गरेको रिटपछि अदालतको मानहानी हुनेगरी शाहले टिप्पणी गरेको भन्दै अधिवक्ता दीपकराज जोशीले साहविरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा हालेका हुन् ।
साहले ‘संविधान संशोधन गरेर नक्सा पास गर्ने अधिकार अदालतलाई दिउँ’ भन्दै सामाजिक सञ्जालमा स्टाटस लेखेका थिए । त्यसले अदालतको अवहेलना गरेको जोशीको तर्क छ। सो मुद्दामा आजै न्यायाधीश हरिकृष्ण कार्कीको इजलासमा सुनुवाइ हुने भएको छ।
प्रतिक्रिया दिनुहोस