रुपन्देही प्रहरीले स्रोत नखुलेको साढे २४ लाख रकमसहित एकजनालाई पक्राउ गरेको छ । रुपन्देही सिद्धार्थनगर नगरपालिका वडा नं.१ वाईपासस्थित स्रोत नखुलेको अवैध रकम ओसारपसार भएको भन्ने सूचनाको आधारमा प्रहरीले बुटवल उप–महानगरपालिका वडा नं. ८ सुख्खानगर बस्ने वर्ष २८ को सन्दिप शाक्यलाई पक्राउ गरेको हो ।
शाक्यले बोकेको कालो रङ्गको झोलाबाट आइतबार बेलुका श्रोत नखुलेको नेपाली रु.२४,५०,०००/-(चौबिस लाख,पचास हजार) फेला पारेको उक्त रकमसहित पक्राउ परेका शाक्यलाई आवश्यक कारवाहीका लागि आज सोमबार भैरहवा भन्सार कार्यालय बेलहिया रुपन्देहीमा पठाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस