२०८१ मंसिर १०, सोमबार | Mon, 25, Nov, 2024

जिल्ला अदालतका न्यायाधीश बर्खास्त


३००४ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७९ भाद्र १५, बुधबार मा प्रकाशित २ साल अघि
  • काठमाडौँ — न्याय परिषद्ले जिल्ला अदालत बाँकेका न्यायाधीश श्यामसुन्दर अधिकारीलाई बर्खास्त गर्ने निर्णय गरेको छ । न्याय परिषद्‌को मंगलबार बसेको बैठकले अधिकारीलाई बर्खास्त गर्ने निर्णय गरेको प्रवक्ता मानबहादुर कार्कीले जानकारी दिए ।

    उनको कार्यक्षमता अभाव भएको भन्दै परेको उजुरीमाथि छानबिन गर्दा फैसलामा गडबडी गरेको पाइएपछि सुनुवाइको मौका दिएर बर्खास्तको निर्णय गरेको प्रवक्ता कार्कीले बताए ।यसअघि पनि न्याय परिषद्ले आधा दर्जन जति न्यायाधीशलाई बर्खास्त गरिसकेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार