२०८२ बैशाख १०, बुधबार | Wed, 23, Apr, 2025

दोलालघाटका अस्थाई टहरा हटाइने


४९५२ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७९ भाद्र २५, शनिबार मा प्रकाशित २ साल अघि
  • काभ्रे जिल्लाको भुम्लु गाउँपालिका वडा नं. ८ स्थित दोलालघाट क्षेत्रमा रहेको टहरा लगायतका अस्थायी संरचना ३५ दिन भित्र हटाउन अनुरोध गरको छ । गाउँपालिकाले आज एक सूचना जारी गर्दै उक्त कुराको जानकारी दिएको हो ।

    अस्थायी संरचनाहरु हटाई नयाँ संरचना गाउँपालिकाले नै निर्माण गर्ने भएकोले यो सूचना जारी गरिएको गाउँपालिकाले जनाएको छ ।

    सूचनामा भनिएको छ, ‘स्थान खाली गर्ने सम्बन्धमा यस गाउँपालिकाको मिति २०७९।०५।२३ मा वसेको गाउँकार्यपालिकाको निर्णय अनुसार भुम्लु गाउँपालिका वडा नं. ८ मा रहेको दोलालघाट क्षेत्रको वसपार्क वरिपरि रहेका टहरा लगायतका अस्थायी संरचनाहरु हटाई नयाँ स्थायी प्रकृतिको संरचना गाउँपालिकाबाट निर्माण गरिने भएकाले सो क्षेत्रमा व्यापार व्यवसाय गरिरहनु भएका व्यवसायीहरुले ३५ दिन भित्र उक्त स्थान खाली गरीदिनु हुनका लागि यो सूचना प्रकाशित गरिएको छ ।’

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु