काभ्रेपलाञ्चोक । पाँचखाल नगरपालिका वडा न ६ मा रहेको ग्रामिण महिला विकास बहुउद्देश्यीय सहकारी सस्थाको २० ओ वार्षिक साधारण सभा आज (शनिबार) सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि पाँचखाल नगर सहकरी शाखाका प्रमुख इश्वर अधिकारीले भन्नुभयो-पाँचखालमा १३८ सहकारी सञ्चालनमा छन्, सवैलाइ समान व्यवहार गरेका छौ । पाँचखालमा वाहिरबाट आएका सहकारीहरुलाइ सहज ढङ्गवाट शाखा खोल्न दिनु त्यति राम्रो होइन ।स्थानीय सहकारीहरुलाइ प्राथिमकता दिनु पर्छ यो हाम्रो कर्तव्य रहेको वताउनु भयो ।
कार्यक्रममा प्रमुख अतिथि अधिकारिले थप्नुभो -सहकारीको हितको खातिक बजेट माग गर्यौ तर खासै बजेट उपलब्ध भएन । सहकारी शाखाले १५ लाख बजेट माग गरिय तर २ लाख मात्रै उपलब्ध भयो । पाँचखाल नगरले सहकारी र कृषिलाइ खासै राम्रो बजेट उपलब्ध नगराएको दुखेसो पोख्नु भयो ।रासायनिक मलको निकै अभाव छ,कोटा निर्धारण गरिएको छ,हाल पाँचखालको लागि १६ सय बोरा युरिया मल छुट्याइएको छ ।सो मल सहज ढङ्गबाट वितरण गर्ने तयारीमा छौ ।
कार्यक्रममा पाँचखाल सहकारी सञ्जाल अध्यक्ष विद्यालक्ष्मी देउजाले भन्नुभयो-पाँचखालमा रहेका सहकारीहरुको अवस्थाको वारेमाबुझ्न अनुगमनको लागि नगर सहकरी शाखालाइ अनुरोध गर्दा वजेट अभावले गर्दा उक्त अनुगमन कार्य हुन नसकेको वताउनु भयो ।सहकारीको हितको लागि नेतृत्व विकास तालिम प्रदान गर्दै अगाडी बढ्नुपर्ने वताउनु भयो ।सस्थामा जरिवाना तिर्ने सदस्य वड्नु राम्रो हैन आगामी दिनहरुमा हर्जना घट्नु पर्छ ।
सस्थाका अध्यक्ष सरस्वति चिमोरीयाले प्रगति प्रतिवेदन प्रस्तुत गर्दै जे जस्तोसुकै अवरोधहरु आएपनि सस्था सहज ढङ्गबाट व्यवस्थित तरिकाले सञ्चालन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।उहाँले थप्नुभयो आवस्यकता अनुसार शाखा विस्तार गर्दै जानाको साथै नगरपालिका भर कार्यक्षेत्र निर्धारण गर्ने वताउनु भयो ।
सस्थाको अध्यक्ष सरस्ती चिमोरियाको सभापितत्वमा सम्पन्न कार्यक्रममा सस्था सल्लाहकार निरु नेपाल,सल्लाहकार इश्वरि राजकुमार मैनालिले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
सस्थाको कर्मचारी गायत्रि पौडेलद्वारा सन्चालित कार्यक्रममा सस्थाको उपाध्यक्ष इन्दिरा गौतमले स्वागत मन्तव्य राख्नु भएको थियो भने सस्थाको व्यवस्थापक मनोजकुमार श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।कार्यक्रममा सस्थाका जेष्ठ सदस्यहरुलाइ सम्मान गरिएको थियो ।सस्थाको स्थापनाकाल देखी सस्थालाइ निरन्तर योगदान पुर्यनउनु हुने सस्थापक सदस्य जमुना धौवडेललाइ सम्मान गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस