२०८२ बैशाख १०, बुधबार | Wed, 23, Apr, 2025

गहना लुटपात अभियोगमा काभ्रेली दुई सहित ६ लाई प्रहरीले झ्याप


३५०८ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७९ भाद्र २९, बुधबार मा प्रकाशित २ साल अघि
  • भक्तपुर प्रहरीले गहना लुटपाटमा संलग्न रहेका छ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक भुम्लु–९ का २२ वर्षीय बुद्ध तामाङ, उदयपुरको त्रियुगा–७ का २३ वर्षीय विशाल राई, सिन्धुली मरिन ५ का २० वर्षीय आर्यन माझी, काभ्रेपलाञ्चोक भुम्लु–३ का २१ वर्षीय सुदिप भण्डारी, मोरङ शनिश्वरे–८ का ४० वर्षीय चन्द्रबहादुर बिक र भारत महाराष्ट्रका ३५ वर्षीय अमोल भोसले रहेका छन्।

    उनले भक्तपुर र काभ्रे जिल्लाका विभिन्न स्थानमा बिगत लामो समयदेखि सुनका गहना लगाएका व्यक्तिलाई पिछा गरेर एकान्तमा पारेर लुटपाट गर्दै आएको प्रहरीले जनाएको छ।

    प्रहरीका अनुसार चार जना व्यक्तिलाई लुटिएको सुन र लुटपाटमा प्रयोग गरिएको दुई वटा मोटरसाइकलसहित प्रहरी वृत्त ठिमी र प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो।

    लुटिएको सुनको स्वरुप परिवर्तन गर्ने दुई जनालाई लुटिएको करिब दुई तोला सुनसहित चाबहिलबाट प्रहरीले नियन्त्रणमा लिएको छ। साथै, लुटपाट गिरोहमा संलग्न अन्य व्यक्तिको खोजतलास जारी रहेको प्रहरी परिसरका सूचना अधिकारी राजु पाण्डेले जानकारी दिए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु