काभ्रेपलाञ्चोक । काभ्रेको बनेपा नगरपालिका वडा नं ४ नालामा रहेको सिड नेपाल बहुउद्देश्यीय सहकारी संस्थाको २१ औ साधारण सभा सम्पन्न भएको छ ।
नाला र आसपासका क्षेत्रका वासिन्दहरुलाई आर्थिक कारोवारमा सहजताको लागि २०५७ सालमा स्थापित भएको संस्थामा ३ हजार ९ सय शेयर सदस्य रहेका छन् भने बाल बचतकर्ता ७६८ रहेका छन् ।
आ.व २०७८/०७९ मा ३२ करोड ५८ लाख ४२ हजार ७ सय पचासी रुपैयाको कारोवार गर्न सफल संस्थाले २९ करोड ८४ लाख ४ सय २६ रुपैया कर्जा प्रवाह गरेको छ । संस्थाले सञ्चालन गरेको सदस्यता सामाजिक सुरक्षा कोष अन्तर्गत १२८ जना शेयर सदस्यहरु लाभान्वित हुन सफल भएको छन् । जसमा संस्थामा रहेको कोष मार्फत ८ लाख ९२ हजार ६ सय ८६ वितरण गरिएको साधारण सभामा जानकारी गराईएको थियो ।
संस्थामा १ करोड ९० लाख ४८ हजार ७ सय शेयर पुँजी रहेको उक्त संस्थाले २५ करोड २२ लाख ८७ हजार ९ सय २५ निक्षेप संकलन गर्न सफल भएको साधारण सभामा जानकारी गराईएको छ । संस्थाले आ.व ०७८÷०७९ मा संस्थाले ३२ लाख ३२ हजार ११३ नाफा कमाउन सफल भएको जानकारी गराईएको छ ।
कार्यक्रमका प्रमुख अतिथि बनेपा नगरपालिका वडा नं ४ का वडा अध्यक्ष श्याम शुन्दर श्रेष्ठले साधारण सभाको उद्घाटन गर्दै भन्नुभयो—सिड नेपाल संस्थाले शेयर सदस्यहरुको हितको खातिर निरन्तर रुपमा राम्रो कार्य गर्दै आएको बताउनु भयो । संस्थाले समय अनुसारको सेवा दिनुभएको छ, सेवाग्राहिहरुमा नयाँ प्रविधिले सेवा प्रदान गर्दै आउनु भएको छ, यस्तो कार्य अत्यन्त सकारात्मक हो । घरमा पासबुक थुपार्ने प्रतिस्पर्धा चलेको छ , तर कुन सहकारी कस्तो अवस्थामा छन् ?सहकारी सञ्चालक को हुन के कस्तो कारोवार गरेको छ ध्यान पुग्दैन । त्यसरी पासबुक थुपार्ने कार्यमा होडबाजि गर्नुको वदला विस्वासिलो समय सुहाउदो ढंगबाट सेवा सुबिधा दिएको परिचित संस्थामा आवद्ध हुनेपर्ने प्रमुख अतिथि श्रेष्ठको तर्क थियो ।
कार्यक्रममा प्रमुख अतिथि श्रेष्ठले थप्नुभयो—नगरपालिकाले कानुनत संमत ढंगबाट सहकारी संञ्चालन गर्ने अनुमति दिएको हुन्छ तर वडामा सञ्चालन भएका सहकारीहरुले वडा कार्यालयमा सम्पर्क गर्न जरुरी रहेको बताउनु भयो । वडामा जानकारी दिएर सञ्चालन भएका सहकारीहरुको गतिविधि वडाले निगरानी राख्ने भएकोले वडाले जिम्मेवारी लिन सक्ने बताउनु भयो । सहकारीमा सदस्य वन्दा सहकारीको अवस्थाको वारेमा मसिनो ढंगबाट जानकारी लिएर सदस्य बन्दा शेयरसदस्यहरुको हित हुने बताउनु भयो । सहकारीमा आवद्धहुनु अगाडि संस्थमा रहेका सञ्चालकहरुको अवस्था साथै विस्वसनियताको वारेमा अध्यन गर्न जरुरी रहेको बताउनु भयो ।
कार्यक्रमा संस्थाका अध्यक्ष रेशमलाल नेपालीले महिला सदस्यहरुको सिप र दक्षताको आधारमा साना व्यवसाय गर्न महिला समुह मार्फत निश्चित रकमको सिलिङ बनाई बिना व्यवजमा कर्जा प्रदान गरेको बताउनु भयो । सहकारीले आर्थिक कारोवारको साथै सामाजिक हितको खातिर कार्य गर्दै आएको समेत जानकारी गराईएको थियो । संस्थाले कृषकको हितको खातिर कृषि सामाग्रीहरु वितरण गर्ने, कृषकहरुलाई सक्षम बनाउने उद्देस्यले नेपाल सरकार युवा तथा साना व्यवसायी स्वरोजगार कोषबाट ऋण सहयोग उपलब्ध गराउने कार्यलाई उच्च प्राथमिकता दिने बताउनु भयो ।
कार्यक्रममा संस्थापक अध्यक्ष एवं सल्लाहकार सिद्धि वहादुर कर्माचार्य, सहकारी कर्मी लक्ष्मण दाहाल, सञ्चारकर्मी इश्वरी राजकुमार मैनाली लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा प्रगति प्रतिवेदन संस्थाका सचिव राजन श्रेष्ठ, आर्थिक प्रतिवेदन संस्थाका कोषाध्यक्ष नवराज श्रेष्ठ, लेखा तथा सुपरिवेक्षण प्रतिवेदन राजाराम दाहाल, सामाजिक विकास प्रतिवेदन संयोजक विष्णु प्रसाद वजगाईले प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा संस्थाका जेष्ठ सदस्यहरुलाई सम्मान गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस