२०८१ मंसिर १०, सोमबार | Mon, 25, Nov, 2024

 परिवार नियोजन संघको पाँचखाल शाखामा प्रसूति सेवामा कमी आएको छ —मानन्धर


२९९० पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७९ आश्विन ४, मंगलबार मा प्रकाशित २ साल अघि
  • काभ्रेपलाञ्चोक । पाँचखाल र आसपासका स्थानमा सहज ढंगबाट प्रसुती सेवा दिने उद्देस्यले सञ्चालनमा आएको परिवार नियोजन संघ पाँचखाल शाखामा प्रसुती सेवामा कमी आएको छ ।

    परिवार नियोजन संघले दिदै आएको सेवाहदका बारेमा जानकारी गराउने उद्देश्यका साथ बनेपामा आज मंगलबार आयोजित छलफल कार्यक्रममा परिवार नियोजन संघ काभ्रे शाखाका प्रमुख तुलसा देवी मानन्धरले उक्त धारणा राख्नुभएको हो ।

    परिवार नियोजनको बनेपा स्थित कार्यालयमा आयोजित कार्यक्रममा उपस्थित भएका सरोकार वालाहरूसँग परिवार नियोजन संघले दिने सेवाको बारेमा छलफल भएको थियो । कार्यक्रममा बनेपा शाखा प्रमुख मानन्धरले छलफलमा उपस्थित भएका सरोकार वालालाहरूलाई संघले प्रदान गर्दै आएको सेवाहदका बारेमा जानकारी गराउनु भएको थियो ।

    देशका ४४ जिल्लाबाट सेवा दिदै आएको परिवार नियोजन संघले शुरच्छित गर्भ पतन लगाएतका महिला स्वास्थ्यका बारेमा बिशेष सेवा प्रदान गर्दै आएको छ । ग्रमिण बस्तिमा बसोवास गर्ने महिलाहरुको स्त्रिरोग सम्बन्धि समस्यामा पिल्सनु नपरोस भन्ने प्रमुख उद्देस्यका साथ कार्य अगाडि बढाईएको छ । मुलुकमा कोरोनको लहर फैलिएपछि नेपाल परिवार नियोजन संघले प्रदान गर्ने गुणस्तरिय सेवाको वारेमा प्रचार प्रसारमा केही कमी भएकोले सेवाग्राहि केही घटेका छन् । जसको कारण समयमा स्वास्थ्य परिक्षण गराउने कार्य नगर्दा जटिल समस्या आउने गरेको छ शाखा प्रमुख मानन्धरको तर्क रहेको छ ।

    कार्यक्रममा शाखा प्रमुख मानन्धरले भन्नुभयो—परिवार नियोजन संघले समाजमा ठुलो योगदान पु¥याएको छ । हालको अवस्था सम्म दाताहरको सहयोगले गर्दा संचालनमा सहजता भएको छ । सधै भरी दाताले सहयोग गर्लान भन्ने आशामा रहिरहनुको वदला स्थानिय तहसंग समन्वय गर्दै सञ्चालन गर्नुपर्ने बिषयमा ध्यान दिन जरुरी रहन्छ ।

    नियोजन संघले बिषेश गरेर महिलाको स्वास्थ्यका बारेमा चासो राख्दै अगाडी बढेको छ । समय समयमा स्वास्थ्य परिक्षण गर्दा जटिल समस्या आउंदैन । अझैपनि कतिपय महिलाहरुले आफ्नो स्वास्थ्य सम्बन्धि समस्या खुलेर वताउन हिचकिचाउंछन् । अन्य अस्पतालको तुलनामा परिवार नियोजन संघले दिने सेवामा महिलाहरुले केही हदमा समस्या वताउने गरेका छन् जसको कारण समयमै उपचार गर्दा समस्या जटिल हुंदैन । ३० बर्ष माथिका महिलाहरुको पाठेघर तथा स्तन क्यान्सरको संभावना बढी हुने भएकोले सो रोगको बिषयमा वढि चासो दिनेगरेको छ । पाठेघर तथा स्तन क्यान्सर रोगको समस्याको वारेमा समयमै पहिचान हुँदा समयमै सहज ढंगबाट रोग निको हुने शाखा प्रमुख मानन्धरले जानकारी गराउनु भयो ।

    काभ्रेको पाँचखालमा रहेको परिवार नियोजन संघ वाट दिने सेवाहरु मध्य प्रसुति सेवामा कमि आएको छ । यसरी अन्य सेवाहरुमा समेत कमी आएका शाखा बन्द हुनसक्छ, शाखा बन्द भएमा सामान्य परिवार तथा गरिविको रेखामुनी रहेका जनतालाई समस्या पर्ने भएकोले शाखालाई जोगाउने बिषयमा स्थानिय तहले समेत पहल गर्न जरुरी रहेको बनेपा शाखा प्रमुख मानन्धरले बताउनु भयो ।

    छलफल कार्यक्रममा नेपाल परिवार नियोजन संघ काभे्रका कोषाध्यक्ष प्रकाश कायष्थले भन्नुभयो—डोनरको भरमा सधै परिवार नियोजन संघ नचल्ननी सक्छ, त्यसैले परिवार नियोजन संघ सहजढंगबाट सञ्चालनमा आउनको लागि स्थानिय तहले साथ सहयोग गर्नुपर्ने बताउनु भयो । स्थानिय तहका साथै जिल्ला स्वास्थ्य कार्यालयसग समन्वय गर्दै अगाडी बढ्ने जसले गर्दा विगतको भन्दापनि थप व्यवस्तिथ ढंगबाट सेवा प्रदान गर्ने वताउनु भयो ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार