काभ्रे जिल्लामा लागु औषध सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बनेपाबाट खटेको प्रहरीले बनेपा नगरपालिका वडा नम्बर ५ भिमसेनथान स्थित लागूऔषध कारोबार भई रहेको छ भन्ने गोप्य सूचनाको आधारमा पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा बनेपा नगरपालिका वडा नम्बर ५ का २२ बर्षीय कृष्ण मानन्धर, १९ बर्षीय सुजन ढकाल, बनेपा–११ का २२ बर्षीय शिब मिजार रहेका छन् ।
बुधबार पक्राउ परेका उनीहरुलाई विहिबार जिल्ला अदालत काभ्रेबाट ५ दिनको म्याद थप गरेर अनुसन्धान अघि बढाइएको इलाका प्रहरी कार्यालय बनेपाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस