मोरङ — विराटनगर ४ स्थित रामजानकी शीतभण्डारमा ग्यास लिक भएर एक जना कर्मचारीको बिहीबार मृत्यु भएको छ । विराटनगर-५ को चाखालका ६० वर्षीय निर्जन चौधरीको मृत्यु भएको हो ।
चौधरीले शीतभण्डार चिसो पार्ने बन्द भएको एमोनिया ग्यास खुलाउन मर्मत गर्नेक्रममा अचानक ग्यास लिक हुँदा निसासिएर उनको मृत्यु भएको जिल्ला प्रहरी मोरङका प्रवक्ता डिएसपी दिपक श्रेष्ठले बताए ।
शीतभण्डारमा ग्यास लिक भएपछि चौधरीले बाहिर नभागेर भित्रैतिर पसेपछि समयमा उद्धार हुन नसक्दा निसासिएर उनको मृत्यु भएको शीतभण्डारका अर्का कर्मचारी हर्कबहादुर सुवेदीले बताए । चौधरी तीन दिनअघिमात्रै शीतभण्डारमा भर्ना भएका थिए ।
मोरङ प्रहरी टोलीले अक्सिजन ग्यास प्रयोग गरेर चौधरीलाई उद्धार गरेर विराटनर्सिङ होममा उपचारका लागि लगेपछि चिकित्सकले मृत घोषणा गरेको डिएसपी श्रेष्ठले बताए ।
प्रतिक्रिया दिनुहोस