काभ्रेपलाञ्चोक । मुलुकमा संघीयता लागू भएपछि पहिलो निर्वाचन (२०७४) मा मुलुक हाक्ने अवसरबाट बञ्चित भएको नेपाली कांग्रेस दोस्रो (२०७९) को निर्वाचनमा जेठो पार्टी हुँदापनि मुलुक हाँक्ने अवसरबाट बञ्चित भएको छ ।
२०७४ को निर्वाचनमा प्रत्यक्षमा २३ र समानुपातिकमा ४० गरी ६३ स्थानमा खुम्चिएको कांग्रेसले गठबन्धनको आडमा २०७९ को आम निर्वाचनमा प्रत्यक्षमा ५७ र समानुपातिकमा ३२ गरी ८९ स्थान हासिल गर्न सफल भएको होे ।
अदालतले जारी गरेको परामादेशको समयमा नेकपा माओवादीको आडमा गठबन्धन गर्दै सरकारको नेतृत्व गर्ने अवसर पाएको कांग्रेसलाई पहिलो पार्टी भएको दम्भले गर्दा गठबन्धन तोडिएको छ । विगतमा माओवादीले साथ दिदा सरकारको नेतृत्व गर्ने अवसर पाएको कुरालाई भुल्दै गठबन्धनलाई लत्याउँदा परिणाम उल्टिएको छ ।
काँग्रेस दम्भका साथ आफ्नो अडान कायम राख्दा गठबन्धन भंग हुँदै पहिलो पार्टी सरकारको प्रतिपक्षमा रहनुपर्ने बाध्यता भएको छ । नेकपा एमालेको सहयोगमा नेकपा माओवादी पार्टी अध्यक्ष प्रचण्डको नेतृत्वमा सरकार गठन हुँदा कांग्रेसलाई न्याउरी मारी पछुतो भएको छ ।
सहमति र सहकार्यलाई लत्याउने मात्रै नभएर अन्तरघातमा समेत मायुर मानिने विश्वासमा खडेरी भएको पार्टीको रुपमा चर्चा चल्दै गरेको अवस्थामा गठबन्धनलाई निरन्तरता दिन नसक्नुले थप समस्या निम्त्याएको छ ।
प्रतिक्रिया दिनुहोस