२०८१ मंसिर १०, सोमबार | Mon, 25, Nov, 2024

नमोबुद्धमा ‘एक घर एक धारा’


३८३६ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७९ पौष १४, बिहिबार मा प्रकाशित १ साल अघि
  • काभ्रेपलाञ्चोक । नमोबुद्ध नगरपालिका वडा नं २, टटलेटारमा ‘एक घर, एक धारा’ अभियान सञ्चालन गरिएको छ । बाग्मती प्रदेश सरकारको ५० लाख, नमोबुद्ध नगरपालिकाको प्राविधिक सहयोगमा शुरु गरिएको पार्कोटे –टटलेटार खानेपानी तथा सरसफाई आयोजना अन्तिम चरणमा पुगेको हो । आयोजनाबाट ५५ घरधुरी लाभान्वित हुनेछन् ।

    उपभोक्ता समितिका अध्यक्ष नारायणप्रसाद पौडेलका अनुसार, प्रदेश सरकारबाट विनियोजित रकमबाट बोलपत्रमार्फत निर्माण अघि बढाइएको थियो । १ सय ७३ मिटर डिप बोरिङ गरिएको छ भने त्यसको लागि मेसिन घर, ४० हजार लिटर क्षमताको रिजर्भायर टंयाक निर्माण गरिएको छ । विद्युत आपूर्तीको लागि नेपाल विद्युत्त प्राधिकरणकै स्वामित्वमा रहने गरी सय केभिएको ट्रान्सफर्मर राखिएको छ । लाइन विस्तारको लागि प्राविधिक स्टमेट तयार गरिएको स्थानीय उपभोक्ता दिपेन्द्र पौड्यालले जानकारी दिए । उनले थप बजेट व्यवस्थापनको लागि नमोबुद्ध नगरपालिकालाई अनुरोध गरिएको बताए ।

    नमोबुद्ध नगरप्रमुख कुन्साङ लामाले आयोजना अबलोकन गर्र्दै बा“की रहेको काम पुरा गर्न नगरपालिकाले बजेट व्यवस्थापन गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले आयोजना सम्पन्न गर्नुभन्दा पनि त्यसको दिगोपना प्रमुख विषय रहेको बताउ“दै दीर्घकालिन सञ्चालन गर्ने योजना बनाउन अनुरोध गरे । उपभोक्ता समितिका अध्यक्ष पौडेलले नगर संरक्षक बन्ने अपेक्षा गरेको बताए । उपभोक्ता समितिका सचिव केदारप्रसाद अधिकारीले शाखा लाइन विस्तारका साथै चौकीदार घर लगायतका संरचना बनाउनको लागि थप बजेट आवस्यक भएको बताए ।
    नमोबुद्ध नगरपालिका वडा नं १० का अध्यक्ष रामकृष्ण उपाध्याय, नगर युवा परिषद्का कार्यकारी उपाध्यक्ष रामेश्वर अधिकारी लगायतले आयोजनाबारे जानकारी लिनुभएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार