काभ्रेपलाञ्चोक । खानीखोला गाउँपालिकाले तामाङ समुदायको धार्मिक तथा साँस्कृतिक पर्व २८५९ औँ तावर ल्हो (विरालो वर्ग)को सोनाम ल्होछार विविध कार्यक्रमबिच मनाउने भएको छ । गाउँपालिकाले ताम्बा र ह्वाईखा (कविता) प्रतियोगीतासँगै ‘खानीखोला प्रतिभा सम्मान कार्यक्रम’ गरी ल्होछार मनाउने भएको हो ।
गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङ (छिन्ताङ)ले ल्हाछोरलाई सबै समुदायको साझा पर्व तथा एकता भाव झल्काउने गरी मनाउने गरी तयारी भइरहेको बताए । ‘हामीले ल्होछार तामाङको मात्रै नभई दशै झैँ सबैको साझा हो भन्ने अपनत्व गराउन उपाध्यक्ष जिम्बाको संयोजत्वमा गठित ल्होछार आयोजक समितिमा तामाङसँगै मगर, क्षेत्री, बाहुन लगातका समुदायको व्यक्तिलाई सहभागी गरेको छ,’ उनले भने, ‘यसले खानीखोला गाउँपालिकामा मात्रै नभई देशमै एक खालको सकारात्मक सन्देश जाने विश्वास गरको छ ।’
गाउँपालिकाले उपाध्यक्ष दोर्जेमान जिम्बाको संयोजकत्वमा ३५ सदस्यी ल्होछार मुल आयोजक समिति समेत गठन गरेको छ । बैठकले माघको ७, ८ र ९ गते गरी तीन दिन ल्होछार कार्यक्रम गर्ने निर्णय गरेका छन् ।
गाउँपालिकाका उपाध्यक्ष तथा समितिका संयोजक जिम्बाका अनुसार ल्छोरको पहिलो दिन अर्थात् माघ ७ गते सेग्र्याम्, दोस्रो दिन ताम्बा र ह्वाईखा (कविता) प्रतियोगिता हुनेछ भने अन्तिम दिन बृहत साँस्कृतिक कार्यक्रमसँगै खानीखोला जन्मिएर विभिन्न क्षेत्र उल्लेखनीय योगदान पु¥याएका व्यक्तिहरुलाई गरिने छन् ।
त्यस्तै संयोजक जिम्बाले ताम्बा प्रतियोगितामा गाउँपालिकाको प्रत्येक वडाबाट एक÷एक गरी ७ वटा समुहले सहभागी जनाउन पाउने बताए । ह्वाईखा प्रतियोगीहरुले तामाङ भाषामा नै लेखिएको हुनु पर्ने ल्होछार आयोजक समितिले जनाइएको छ ।
गाउँपालिका अध्यक्ष थिङले ल्होछारमा ३ दिन विदा दिने तयारी समेत भइरहेको बताए । प्रतियोगिताका विजेताहरुलाई प्रमाणपत्र आदिले सम्मान गरिने छन् । ल्होछारको अन्तिम दिन (माघ ९) गतेको कार्यक्रममा सहभागीहरुलाई आ–आफ्नो घर उपलब्ध भुटेको मकै, जुनेलो, पिडाँलु, तरुल लगायतका फलफूल जे सकिन्छ त्यसलाई लिएर आउन आव्हन गरेका छन् ।
प्रतिक्रिया दिनुहोस