काभ्रेपलाञ्चोक । विदेशको तुलनामा नेपालको रिसर्च तरिका फितलो छ‚ त्यसैले हाम्रो नेपालमा भएको रिसर्चबाट कस्ता भेराइटी आउँछ भन्ने कुरामा समस्या रहेको छ । हामिले हाम्रो रिसर्च लाई जोड दिदै व्यवसायी मैत्री साथै कानुनहरू बन्न जरुरी रहन्छ ।
उक्त भनाई नेपाल बीउ व्यवसायी संघ केन्द्रिय अध्यक्ष बसन्त चन्द्र मरहठ्ठाले आज (शनिबमर) काभ्रेको धुलिखेलमा नेपाल बीउ व्यवसायी संघ जिल्ला समन्वय समिति काभ्रेको छैटौँ वाषिर्क साधारण सभा तथा तेस्रो अधिवेशन उद्घाटनको क्रममा बताउनु भएको हो ।
कार्यक्रमका प्रमुख अतिथि मरहठ्ठाले नेपालको नार्क सिस्टमलाई एउटा मागिखाने भाँडो भन्दापनि रिसर्च इन्डष्ट्रिजको रुपमा अगाडि बढाउनुको साथै धान र मकैमा ठुलो योगदान गर्न जरुरी रहेको बताउनु भयो । अनुदानले गर्दा व्यवसायहरूका व्यवसाय कोल्याप्स हुने अवस्थामा पुगेको छ ‚ धान किन्ने‚ मकै किन्ने कार्य गर्दै ५० प्रतिशत अनुदान दिएर हाम्रा कृषकहरूले लगाएको बालिबाट उत्पादन वृद्धि हुँदैन भन्ने कुरा सबैले बुझ्न जरुरी रहन्छ । आउट पूटको आधारमा कृषकको खातामा सिधै पैसा जाने व्यवस्था भए राम्रो हुने उहाँको तर्क थियो ।
कार्यक्रममा मरहठ्ठाले थप्नुभयो—कृषकहरुलाई आउटपुटको आधारमा कृषि उपज हरुमा नगद अनुदान दिन जरुरी रहेको छ । हाम्रोमा भएको समस्या इम्पोर्ट र प्रोडक्सन नङ र मासुको सम्बन्ध हुनु पर्छ । विदेशबाट आयात गरिने बीउहरू बन्द भएका कृषि सबल हुन सक्दैन त्यसैले उत्पादनलाई समेत प्राथमिकता दिनु पर्ने हुन्छ । खाद्यान्नको वीउहरुमा आत्मनिर्भर हुन जरुरी छ सोही अनुसार राज्यले कार्य गर्नुपर्ने अध्यक्ष मरहठ्ठाले बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस