सुशीलराज गिरी
काभ्रेपलाञ्चोक । काभ्रे जिल्लामा रहेको १३ स्थानीय तह मध्येको कृषि नगरीको रुपमा परिचित पाँचखालमा जिल्लाको धुलिखेल नगरले अप्रत्यक्ष रुपमा आफ्नो डम्पिङ साईटको प्रयोग गरिरहेको छ ।
वातावरण अनुकूल विश्व निर्माणमा आर्कटिक सरकल र दिगो बिकाश सप्ताह आबुदाबि २०२३ लाई सम्बोधन गरेर फर्केका धुलिखेल नगर प्रमुख अशोक कुमार ब्यान्जुले धुलिखेल नगर बाट निस्केको (फोहोर) कार्बण लाई पाँचखाल नगरको खेती योग्य जमिनमा यत्र त्रत्र छरपष्ट ढंगबाट फोहोर आएको पाँचखाल झिगुखोला आस पासका किसानहरूको गुनासो रहेको छ ।
पाँचखालका किसान हरि श्रेष्ठले भने धुलिखेल नगरले आफ्नो घर सफा गरेर फालेको फोहोर र धुलिखेल हस्पिटल बाट निस्केको विभिन्न रोगमा प्रयोग भएको सिरिन्ज लगायतका सामान उर्वरा भूमी खेत र आगनमा फाल्दा पाँचखाल नगरले विरोध नगरे बापत पाँचखालले बागमती प्रदेशको उत्कृष्ट नगरको उपाधि पायो ।
उनले थपे धन्यवाद मेयर बेञ्जु साप छिमेकीलाई प्रेम गर्नु भएकोमा ‚पाँचखालका अर्का कृषक राज सापकोटाले सामान्य कृषक भएको कारण राज्यले आफुहरुलाई दमन गरेको बताए । कृषक सापकोटाले खेतमा काम गर्दै गरेको श्रीमती लाई देखाउदै भन्नू भयो ‚खेतमा पानी लगाउन आउने क्रममा सिरिन्ज र सिसाले काट्यो र उपचार को लागि धुलिखेल हस्पिटल जाँदा धेरै दुःख पाएको गुनासो गर्नुभयो ।
धुलिखेलको फोहोरले माटो बिग्रेको र कृषि उत्पादन कम भएको ‚पानीमा समस्या हुँदा समेत नत पाँचखाल नगरले यो डम्पिङ साईटको असरको विषयमा कुरा गरेको छ न धुलिखेलले ! पाँचखालको पीडित समुदायलाई सम्बोधन गर्न सकेको छ तर घर सफा गरेर छिमेकीको फाल्नु लाई शून्य कार्वन नीति भनेको समाचार मिडियामा आउँदा पीडित लाई झन् पीडा थपिएको पाँचखालका पीडित कृषकहरूको तर्क रहेको छ ।
प्रतिक्रिया दिनुहोस