२०८१ मंसिर १०, सोमबार | Mon, 25, Nov, 2024

रविमाथि सर्वोच्च फैसलापछिका तीन तरंग


२६६० पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७९ माघ १३, शुक्रबार मा प्रकाशित १ साल अघि
  • १३ माघ, काठमाडौं । रवि लामिछानेले दुई महिनाअघिको आम चुनावमा दिएको नारा थियो – जान्नेलाई छान्ने । ६ महिनाअघि राष्ट्रिय स्वतन्त्र पार्टी खोलेर प्रत्यक्ष राजनीतिमा होमिने निर्णय गर्दैगर्दा उनले यो कुरा जानेनन्– नेपालमा राजनीति वा कुनै पनि खालको सार्वजनिक जीवनयापन गर्न नेपाली नागरिक भएको हुनुपर्छ ।

    रविको नारा आम मतदाताले छिटोगरी टिपे । चितवन २ बाट उनले अघिल्लो संसदका ‘जान्ने’ सांसद कृष्णभक्त पोखरेललाई फराकिलो अन्तरले हराए पनि । तर विधिको शासनलाई उनले गरेको आधारभूत उपेक्षालाई सर्वोच्च न्यायालयले लगाम लगाइदिएको छ ।
    विडम्बना, नेपालको कानुन उल्लंघन गर्दै उनले चुनावी प्रक्रियामा सामेल भए । सांसद र कानुन पालनाको तालुकदार मन्त्रालयको प्रमुख अर्थात गृहमन्त्री नै बन्न पुगे । उनको यो ‘मेटियोरिक राइज’ आजको फैसलाले ‘स्टिप फल’ मा रुपान्तरण गरिदिएको छ ।

    तर यो उनको स्थायी राजनीतिक बिराम भने होइन । उनीप्रति नेपालको न्यायालय केही उदारमना भएको देखिन्छ । चाहे भने उनी तत्कालै नेपाली नागरिकताको प्रमाणपत्र लिन सक्छन् । अब हुने चितवन २ को उपनिर्वाचनमा उनी फेरि सामेल हुन सक्छन् ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार