२०८१ मंसिर १०, सोमबार | Mon, 25, Nov, 2024

अनेरास्ववियुको केन्द्रीयअध्यक्षमा बडाल


६०५४ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७९ फागुन ५, शुक्रबार मा प्रकाशित १ साल अघि
  • सुदिप काफ्ले

    काठमाडौँ । नेकपा एमाले निकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को  केन्द्रीय अध्यक्षमा समिक बडाल विजयी भएका छन् । गए राति भएको निर्वाचनबाट निवर्तमान महासचिव बडाल अध्यक्षमा विजयी भएका हुन् ।

    नयाँ नेतृत्वको औपचारिक घोषणा हुन भने बाँकी छ । अखिलको भावी अध्यक्षका लागि बडालसहित आरसी लामिछाने, मोती बिकलगायतले उम्मेदवारी दिएका थिए। विद्युतीय मेसिनमार्फत भएको मतदानमा १ हजार ५१७ मत खसेको थियो ।

    १ सय ९९ केन्द्रीय सदस्य र तीनवटा आयोगको पनि आजै नेतृत्व घोषणा हुने अध्यक्ष मण्डलका सदस्य खिमलाल भट्टराईले जानकारी दिए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार