२०८१ मंसिर १०, सोमबार | Mon, 25, Nov, 2024

भविष्यको साहराको संरक्षण पाँचखालमा


४६२४ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७९ फागुन ८, सोमबार मा प्रकाशित १ साल अघि
  • काभ्रेपलाञ्चोक । आफ्ना सन्तति‚ भविष्यको सहाराको संरक्षण साथै उज्जल भविष्य निर्माणको खातिर अभिभावकहरूले दृढ सङ्कल्प गर्दै अगाडि बढ्दै गर्दा पाँचखाल ३ समाजकल्याण चोकमा रहेको “खुशी बाल संसार” ले अभिभावकको चाहना पूर्ण गराउन सफल भएको छ ।

    स्थानीयको चाहना अनुसार सञ्चालनमा आएको “खुशी बाल संसार” ले अभिभावकको मन जित्ने मात्रै नभई भविष्यका कर्णधारको सुनौलो बनाउन सफल भएको छ । बालबालिकाहरूको चाहनालाई मध्यनजर राख्दै नयाँ तवरले शिक्षा प्रदान गर्न सफल भएको उक्त स्थानको सञ्चालन विधिबाट अभिभावकहरू हषिर्त भएका छन् ।

    “खुशी बाल संसारले” सञ्चालन भएको ५ औं वर्ष गाठको अवसरमा भएको एक वृहत कार्यक्रमले अभिभावकको मन जित्ने मात्रै हैन आफ्ना सन्ततिले छोटो समयमा त्यति धेरै उपलब्धि हासिल गर्लान् भन्ने कल्पनै थिएन । साना साना बालबालिकाको संरक्षण साथै आधुनिक शिक्षाको लागि राम्रो फड्को मार्ने कार्यमा मात्रै नभएर बिभिन्न प्रतिभाहरू समेतमा अब्बल साबित भएका छन् ।

    पाँचौ बर्ष गाठको अवसरमा “खुशि बाल संसार” का अध्यक्ष राजन कार्कीले भन्नुभयो—तपाईँ हामी सबैले सुन्दै आएको, आशा अपेक्षा गर्दै आएको र पाँचखाल भेगमा अभाव महसुस गरिएको एउटा यस्तो स्कूलको परिकल्पना हामीले गरेका छौँ जहाँ शिक्षकले सहजकर्ताको रुपमा काम गर्नेछन्, बालबालिकाहरु स्वतन्त्र भइ खेल्दै रमाउँदै जीवनोपयोगी ज्ञान, सीप र दक्षता हासिल गर्नेछन् र परीक्षाको लागि नभै जीवनका लागि तयारी गरिनेछ ।

    आम अभिभावकको मुहारमा खुसी छाउने गुणस्तरीय शिक्षाको ग्यारेन्टी गर्दै यस विद्यालयको आधारभूत तहको कक्षा आगामी शैक्षिक सत्रदेखि पाँचखाल ३ समाजकल्याणमा जीवनदर्शन बहुमुखी क्याम्पसको विद्यमान परिसरमा नयाँ व्यवस्थापनका साथ सञ्चालन हुदैछ । हरेक वर्ष एक कक्षा थपिने गरी शैक्षिक सत्र २०८० मा कक्षा ३ सम्म सञ्चालन हुनेछ ।
    बदलिँदो समय अनुसारको शिक्षण सिकाइको तौरतरिका स्कूलमा देखिने गरी काम गर्न अनुभवी, दक्ष, तालिमप्राप्त र विज्ञ व्यक्तिहरुको समूहले विद्यालय सञ्चालन एवम् व्यवस्थापन गर्नेछौं ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार