२०८१ मंसिर १०, सोमबार | Mon, 25, Nov, 2024

बसले ठक्कर दिंदा सञ्चारकर्मीको मृत्यु


३२२७ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७९ फागुन १४, आईतबार मा प्रकाशित १ साल अघि
  • १४ फागुन,बुटवल । बुटवलको मिलनचोकमा भएको सवारी दुर्घटनामा रुपन्देहीका पत्रकार मनोज हितंगाको मृत्यु भएको छ ।

    शनिबार राति करिब सवा ११ बजे लु ८ प ९०६८ नम्बरको मोटरसाइकलमा बुटवलको मिलनचोकबाट अस्पताललाइनतर्फ जाँदै गरेका हितंगालाई विपरीत दिशाबाट आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०७-०२-००१ ख  १२२६ नम्बरको महाकाली यातायातको बसले ठक्कर दिएको थियो ।

    बसको ठक्करपछि घाइते भएका हितंगाको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारको क्रममा निधन भएको हो । हितंगा एन.एन.टिभीको लुम्बिनी प्रदेश कार्यालयमा सम्वाददताको रुपमा कार्यरत थिए ।

    पाल्पाको तानसेन नगरपालिकाका स्थायी बासिन्दा हितंगा करिब १५ वर्षदेखि बुटवलको बुद्धनगरमा बस्र्दै आएका थिए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार