२०८१ मंसिर १०, सोमबार | Mon, 25, Nov, 2024

मायाले संसार चल्छ‚ माया छैन त सबै असफल‚ धर्म संस्कृतिमा आक्रमण भयो‚ जोगाउन जरुरी छ—उपरथी


४६८८ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७९ फागुन २७, शनिबार मा प्रकाशित १ साल अघि
  • आई.आर.के मैनाली 
    काभ्रेपलाञ्चोक । राष्ट्रिय सेवादल को कार्यकारी महानिर्देशक (उपरथी) सुरेश कुमार कार्कीले नेपालको धर्म संस्कृति र रीतिरिवाजमा आक्रमण बढ्दो छ ‚हामीले जोगाउन हतार भै सकेको बताउनु भयो ।

    आज (शनिबार) धुलिखेल नगरपालिका वडा नं १२ शंखु मा रहेको डिभाइन लाइट माध्यमिक विद्यालयको २४ औं अभिभावक भेलाको उद्घाटन गर्दै प्रमुख अतिथि कार्कीले उक्त  धारणा राख्नुभएको हो ।

    कार्यक्रमका प्रमुख अतिथि उपरथि कार्कीले भन्नुभयो—नेपालमा पश्चिमा शैलीको धार्मिक संस्कृति भित्रदो छ । सो संस्कृतिलाई हामीले साथ दिदै पिछा गर्नुभनेको नेपालको पहिचान मेटाउनु सरह हो । हामी नेपालीले आफ्नो संस्कृतिको संरक्षण गर्ने विषयमा चनाखो हुन आवश्यक रहन्छ ‚ विभिन्न धर्म संस्कृति भेषभुषा नै नेपाल र नेपालीको पहिचान हो । हामीले जन्मदिन मनाउँदा पानसमा बत्ती बालेर पुजा गरेर मनाउँछौं जुन हाम्रो संस्कृति हो तर पछिल्ला समयमा पश्चिमा मुलुकहरूको नक्कल गर्दै बत्ती बालेर हतारमा निभाइन्छ अनि केक काटिन्छ यस्तो ढंगले जन्मदिन मनाउनु राम्रो होइन ।

    संसार मायाले चल्छ‚ माया छैन भने केही कुनै कुरो पनि सफल नहुने बताउनु भयो । सद्भाव र माया भयो भने शिक्षा‚ धन आफै पछि लाग्छन् । डिभाईन लाईट माध्यमिक विद्यालयले विद्यार्थीहरूलाई मायाका साथमा आधुनिक गुणस्तरीय शिक्षा प्रदान गरेको छ । माया शिक्षाको साथमा नैतिक शिक्षालाई जोड दिएको पाउँदा खुसी लाग्यो । जतिनै शिक्षा हासिल गरेपनि नैतिक शिक्षा छैन भने त्यस्तै शिक्षा अर्थहीन हो । व्यवहारिक ज्ञान अनुशासित ढंगबाट पठनपाठन भएकोमा ति विद्यार्थीका अभिभावक भाग्यमानी भएको उपरथी कार्कीले बताउनु भयो ।

    अभिभावक भेलाको अवसरमा विद्यालयका संस्थापक प्रिन्सिपल गोपाल बहादुर कार्कीले विद्यार्थीहरूको भविष्य निर्माणमा आफू निरन्तर रुपमा लागि रहेको बताउनु भयो । उहाँले थप्नुभयो हाम्रो कर्तव्य विद्यार्थीको भविष्य निर्माण गर्नु हो हामी सोही गरिरहेका छौं ‚ हाम्रो विद्यालयबाट पास आउट भएका विद्यार्थीहरूको अभिलेख राख्ने गरेको छौं कुनैपनि विद्यार्थी दुख पाएका छैनन् । मुलुकको उच्च ओहदामा समेत पुगन सफल भएका छन् ।

    विद्यालयका प्रबन्ध निर्देशक पार्वती कार्कीले कार्यक्रममा उपस्थित सम्पुर्ण लाई शब्दबाट स्वागत गर्नुभएको थियो । कार्यक्रममा विद्यार्थी‚ अभिभावक शिक्षकहरू लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । विद्यार्थीहरूले उत्कृष्ट ढङ्गको नृत्य‚ गीत लगायत बिभिन्न प्रकारको मनोरञ्जन प्रदान गरेको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार